अनलाइन प्रणाली शुरु भएको दिन शेयर बजार दोहोरो अङ्कले बढ्यो

अनलाइन प्रणाली शुरु भएको दिन शेयर बजार दोहोरो अङ्कले बढ्यो

केन्द्रबिन्दु
0
Shares

धितोपत्र बजारमा आज शेयरको मूल्य पुनः दोहोरो अङ्कले वृद्धि भएको छ । 

पूर्ण स्वचालित अनलाइन कारोवार प्रणाली शुरु भएको आज पहिलो दिन कारोवार मापक नेप्से परिसूचक १० दशमलव ७९ बिन्दुले बढेर एक हजार २१८ दशमलव ०७ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलव ३८ बिन्दुले बढेर २५९ दशमलव १९ बिन्दुमा पुगेको छ । आज कूल १५५ कम्पनीको आठ लाख २२ हजार २०७ कित्ता शेयर रु २४ करोड ४५ लाख ७० हजार ५५२ मूल्यमा खरीद बिक्री भएको हो । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार बैंकिङ १० दशमलव ४८, होटल ३७ दशमलव ६२, विकास बैंक १३ दशमलव २८, जलविद्युत् ३ दशमलव ०४, वित्त १ दशमलव २५, निर्जीवन बीमा ५७ दशमलव ०२, उत्पादन ०७, अन्य ३ दशमलव १५, माइक्रोफाइनान्स १५ दशमलव ३७ र जीवन बीमा ६५ दशमलव ३३ बिन्दुले बढेको छ । 

Logo