नेपाल स्टक एक्चेन्ज (नेप्से)ले बहुप्रतिक्षित अनलाइन कारोबार प्रणालीको आज औपचारिक शुभारम्भ भएको छ ।

यस प्रणालीको अर्थमन्त्री डा युबराज खतिवडाले उद्घाटन गरेका हुन् । "/>

नेपाली शेयर बजारमा छलाङ्, शुभारम्भकै दिन नेप्सेको साइट ह्याङ्

नेपाली शेयर बजारमा छलाङ्, शुभारम्भकै दिन नेप्सेको साइट ह्याङ्

केन्द्रबिन्दु
0
Shares

नेपाल स्टक एक्चेन्ज (नेप्से)ले बहुप्रतिक्षित अनलाइन कारोबार प्रणालीको आज औपचारिक शुभारम्भ भएको छ ।

यस प्रणालीको अर्थमन्त्री डा युबराज खतिवडाले उद्घाटन गरेका हुन् । अनलाइन ट्रेडिङको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले संस्थागत लगानीकर्तालाई समेत धितोपत्र बजारमा प्रवेश गराउने प्रयासमा सरकार लागि परेको बताए । बजारको विविधिकरणका लागि कमोडिटी मार्केट, म्युचअल फण्डको विस्तारलाई समेत जोड दिइएको स्पष्ट पार्दै डा खतिवडाले भौतिक पूर्वाधारको विकासका लागिसमेत जोड दिइएको उल्लेख गरे । कार्यक्रममा नेप्सेका सीईओ चन्द्र सिह साउदले शेयर कारोवारलाई अन्तर्राष्ट्रियस्तरको बनाउने लक्ष्यसाथ नयाँ प्रविधि जडान गरिएको बताए। 

यस संगै लगानीकर्ताले आफ्नो घर मै बसेर शेयर कारोबार गर्न सक्ने भएका छन्  ।  यसअघि शेयर कारोवार गर्न चाहनेले धितोपत्र दलाल व्यवसायीको कार्यालय अनिवार्य रुपमा नै जानुपर्ने बाध्यता थियो । नयाँ प्रणालीको जडानसँगै कारोवार गर्दै आएकाले दलालमार्फत ‘युजरनेम र ‘पासवर्ड’ प्राप्त गर्नेछन् । त्यसका लागि व्यक्तिगत विवरण उपलब्ध गराउनुपर्ने हुन्छ। 

व्यक्तिगत विवरणका लागि इमेल ठेगाना र मोबाइल नम्बर अनिवार्य गरिएको छ । पूर्ण स्वचालित अनलाइन प्रणालीको कार्यान्वयनसँगै शेयर बजारमा सर्वसाधारणको पहुँच क्रमिक रुपमा बढ्दै जाने र सो प्रणाली नेपालको पूँजी बजारको कोशेढुङ्गा सावित हुने विश्वास नेप्सेले लिएको छ । 

कसरी हुन्छ काम ?

यस प्रणालीको सुचारु भएपछि ब्रोकरहरुले नयाँ अनलाईन सिस्टमबाट कारोबार गर्न सक्ने छन् ।  कार्तिक महिनाभरी ब्रोकरहरुले मात्र अनलाईन ट्रेडिङ मार्फत कारोबार गर्न पाउने छन् । ब्रोकरहरु अभ्यस्त भईसकेपछि मङ्सिरदेखि लगानीकर्तालाई यसमा समाबेश गराउने नेप्सेको तयारी छ । यसको लागि लगानीकर्ताले ब्रोकरबाट युजर नेम र पासवर्ड लिनुपर्ने हुन्छ । लगानीकर्ताले ब्रोक्रर कार्यालयबाट युजरनेम र पासवर्ड पाएपछि त्यसलाई बोक्रर कार्यालयले नेप्सको सिस्टमसँग जोड्ने छ । 

त्यसपछि लगानीकर्ता आफैले अर्डर राखेर आफै शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।  लगानीकर्ता सामबेश नहुँदा सम्म पुरानै प्रक्रियाबाट शेयर खरिद बिक्री कार्य जारि नै रहने छ । लगानीकर्ताको अर्डर ब्रोकरले नै राखिदिने छन्  । सिडिएस एण्ड क्लियरिङ्गले ई-डिआईएस सेवा मार्फत शेयर खरिद बिक्रीको राफसाफ समेत अनलाइनको माध्यमबाट नै गर्न सकिने ब्यबस्था सुरु गरिसकेको छ । 

स्टक ब्रोक्रर एशोसियनका अध्यक्ष भरत रानाभाटले आजको दिन नेपाली सेयरको बजार इतिहासमा एउटा ठूलो फड्को मार्ने दिन भएको बताए  । रानाभाटले अनलाइन कारोबारपछि सेयर कारोबारमा उधारो कारोबार बन्द हुने बताए ।

नेप्सेको साइट ह्याङ् !

अनलाइन कारोबार प्रणालीको शुभारम्भ भएकै दिन नेप्सेको वेबसाइट चलेको छैन। नेप्सेको साइट खुलेपनि कारोबारको विवरण भने पुरानै देखिएको छ।  अघिल्लो दिन बजार बन्द हुँदाको विवरण नै नेप्सेको साइटमा देख्न सकिन्छ । साइटमा मार्केट ओपन भन्ने सिग्नल देखाए पनि कारोबार विवरण, मार्केट डेप्थ केहि पनि देखिएको छैन ।

Logo