लामो समयको प्रतीक्षापछि आजदेखि नेपालको शेयर बजारमा अनलाइन कारोबार प्रणालीको सुरुवात हुदैछ । नेपाल स्टक एक्चेन्ज (नेप्से) ले आजबाट अनलाइन कारोबार प्रणालीको शुभारम्भ गर्न लागेको हो। "/>

नेपाली शेयर बजार नयाँ युगमा, आज ऐतिहासिक दिन

नेपाली शेयर बजार नयाँ युगमा, आज ऐतिहासिक दिन

केन्द्रबिन्दु
0
Shares

लामो समयको प्रतीक्षापछि आजदेखि नेपालको शेयर बजारमा अनलाइन कारोबार प्रणालीको सुरुवात हुदैछ । नेपाल स्टक एक्चेन्ज (नेप्से) ले आजबाट अनलाइन कारोबार प्रणालीको शुभारम्भ गर्न लागेको हो। 

अर्थमन्त्री युबराज खतिवडाले प्रणालीको शुभारम्भ गर्ने कार्यक्रम छ। नेपालको शेयरबजारमा पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली कार्यन्वयन हुने दिन आज ऐतिहासिक दिन हुने भएको छ । नेप्सेमा अहिलेसम्म २ हजार ६ सय लगानीकर्ताले अनलाइन कारोबारको लागि युजरनेम र पासवर्ड लिएका छन् । 

कसरी हुन्छ काम ?

यस प्रणालीको सुचारु भएपछि ब्रोकरहरुले नयाँ अनलाईन सिस्टमबाट कारोबार गर्न सक्ने छन् ।  कार्तिक महिनाभरी ब्रोकरहरुले मात्र अनलाईन ट्रेडिङ मार्फत कारोबार गर्न पाउने छन् । ब्रोकरहरु अभ्यस्त भईसकेपछि मङ्सिरदेखि लगानीकर्तालाई यसमा समाबेश गराउने नेप्सेको तयारी छ । यसको लागि लगानीकर्ताले ब्रोकरबाट युजर नेम र पासवर्ड लिनुपर्ने हुन्छ । लगानीकर्ताले ब्रोक्रर कार्यालयबाट युजरनेम र पासवर्ड पाएपछि त्यसलाई बोक्रर कार्यालयले नेप्सको सिस्टमसँग जोड्ने छ । 

त्यसपछि लगानीकर्ता आफैले अर्डर राखेर आफै शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।  लगानीकर्ता सामबेश नहुँदा सम्म पुरानै प्रक्रियाबाट शेयर खरिद बिक्री कार्य जारि नै रहने छ । लगानीकर्ताको अर्डर ब्रोकरले नै राखिदिने छन्  । सिडिएस एण्ड क्लियरिङ्गले ई-डिआईएस सेवा मार्फत शेयर खरिद बिक्रीको राफसाफ समेत अनलाइनको माध्यमबाट नै गर्न सकिने ब्यबस्था सुरु गरिसकेको छ । 

स्टक ब्रोक्रर एशोसियनका अध्यक्ष भरत रानाभाटले आजको दिन नेपाली सेयरको बजार इतिहासमा एउटा ठूलो फड्को मार्ने दिन भएको बताए  । रानाभाटले अनलाइन कारोबारपछि सेयर कारोबारमा उधारो कारोबार बन्द हुने बताए ।

Logo