काठमाडौं

पदयात्रा रुटहरुमा स्थानीय तहले धमधम शुल्क थप र वृद्धि गर्न थालेपछि पर्यटन व्यवसायीहरु आन्दोलनमा उत्रिने तयारी थालेका छन् । "/>

पर्यटन शुल्कवृद्धिको विरोधमा आन्दोलनको तयारी गर्दै पर्यटन व्यवसायीहरु

पर्यटन शुल्कवृद्धिको विरोधमा आन्दोलनको तयारी गर्दै पर्यटन व्यवसायीहरु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

पदयात्रा रुटहरुमा स्थानीय तहले धमधम शुल्क थप र वृद्धि गर्न थालेपछि पर्यटन व्यवसायीहरु आन्दोलनमा उत्रिने तयारी थालेका छन् । यसअघि खुम्बु पासाङ ल्हामु गाउँपालिकाले सगरमाथा क्षेत्रमा जाने पर्यटकलाई प्रति पर्यटक दुई हजार शुल्क लिन थाल्यो । त्यसपछि स्थानीय होटल समिति बनाएर प्रति पर्यटक एक रातको ५ देखि ७ सय शुल्क लिन थालियो ।

हालै मकालु बरुण राष्ट्रिय निकुञ्ज पनि पर्यटकलाई मात्र नभएर नेपालीलाई समेत शुल्क लगाउन थालेपछि भने पर्यटन व्यवसायीले आन्दोलनको तयारी थालेको टानका महासचिव आङ पेम्बा शेर्पाले बताए । उनका अनुसार अहिले सबै पदयात्राका रुटमा स्थानीयतह तथा संघसंस्थाले शुल्क बढाउने तथा नयाँ शिर्षकमा शुल्क थप्ने काम भइरहको छ ।

केही दिन अघि मात्रै सूचना जारी गर्दै मकालु बरुण राष्ट्रिय निकुञ्जले हालै मात्रै प्रबेश शुल्क बढाएको छ । यसअघि पर्यटकलाई दुई हजार रहेको प्रवेश शुल्क बढाएर तीन हजार पुराएको छ । त्यसैगरी क्यापिङ ट्रेकिङ जाने पर्यटकले भने प्रति रातका प्रति पर्यटक दुई हजार तिर्नपर्ने नयाँ नियम सार्वजनिक गरेसँगै पर्यटन व्यवसायीहरुको छाता संगठन टानले आन्दोलन गर्ने तयारी थालेको हो ।

‘जुनै पदयात्रामा पनि स्थानीयतह तथा स्थानीय संघसंस्थाले शुल्क बढाउने तथा नयाँ शिर्षकमा शुल्क थप लिन थालेका छन्,’ टानमा महासचिव शेर्पाले भने, ‘यसो गर्दै जाँदा पर्यटन व्यवसाय नै धरासायी बन्छ ।’ पर्यटन क्षेत्रलाई जोगाउनकै लागि पनि आन्दोलन गर्ने महासचिव शेर्पाले बताए । ‘यसरी चौतर्फी शुल्क बढाएपछि हामी चुप लागेर बस्दैनौं,’ उनले भने, ‘टान लगायतका अन्य पर्यटन संघसंस्था मिलेर तिहार लगातै आन्दोलनमा उत्रिन्छौं ।’ यस बारे व्यवसायी नउत्रिने र सरकारले कुनै निर्णय गरेर यसरी बढाउने थालिएको तथा नयाँ शिर्षकमा लिन थालिएको शुल्क नरोक्ने हो भने पर्यटन व्यवसाय नै धरासायी हुने उनको दाबी छ ।
नागरिकबाट

Logo