अब सेयर कारोबार गर्दा ब्रोकरलाई अनलाइन प्रणालीमार्फत भुक्तान गर्न सकिने भएको छ । लगानीकर्ताले 'कनेक्ट आइपिएस'मा गएर आवश्यक विवरण भरि आफ्नो बैंक खाताबाट सोझै सम्बन्धित ब्रोकरको बैंक खातामा सजिलै रकमानन्तर गर्न सक्नेछन । "/>

सेयर कारोबारमा छलाङ, अब ब्रोकरलाई अनलाइनबाटै भुक्तानी

सेयर कारोबारमा छलाङ, अब ब्रोकरलाई अनलाइनबाटै भुक्तानी

केन्द्रबिन्दु
0
Shares

अब सेयर कारोबार गर्दा ब्रोकरलाई अनलाइन प्रणालीमार्फत भुक्तान गर्न सकिने भएको छ । लगानीकर्ताले ‘कनेक्ट आइपिएस’मा गएर आवश्यक विवरण भरि आफ्नो बैंक खाताबाट सोझै सम्बन्धित ब्रोकरको बैंक खातामा सजिलै रकमानन्तर गर्न सक्नेछन । 

नेपाल क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको कनेक्ट आइपिएस ईपेमेन्ट प्रणालीमा तत्काललाई १२ वटा ब्रोकरहरु आबद्ध भएकाले ति ब्रोकर मार्फत कारोबार गर्नेहरुले मात्र यो सेवा पाउनेछन। यस प्रणालीमा १२ ब्रोकरहरु (ब्रोकर नम्बर १०, ११, १३, १६, १७, २०, २१, २२, २५, ३८, ४९, ५९) आवद्ध भएका छन भने अन्य ब्रोकरहरु पनि प्रणालीमा आवद्ध हुने क्रममा रहेको जनाइएको छ।       

नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाबाट प्रवर्दित नेपाल नेपाल क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको कनेक्ट आइपिएस् ईपेमेन्ट प्रणालीमा हाल सम्म ४४ बैंक वित्तीय संस्थाले सम्झौता गरी सकेकामा ३४ वटा बाट यो सेवा उपलब्ध भइरहेको छ ।

Logo