सानिमा बैंकले २ अर्बको ऋणपत्र निष्काशन गर्ने भएको छ  । "/>

सानिमा बैंकले २ अर्बको ऋणपत्र निष्काशन गर्दै

सानिमा बैंकले २ अर्बको ऋणपत्र निष्काशन गर्दै

केन्द्रबिन्दु
0
Shares

सानिमा बैंकले २ अर्बको ऋणपत्र निष्काशन गर्ने भएको छ  । बैंकले कार्तिक ३० गतेदेखि प्रतिकित्ता एक हजार रुपैयाँ दरका २० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो ।

‘१०% सानिमा डिवेञ्चर २०८५’ नाम दिइएको उक्त ऋणपत्रमा बार्षिक १० प्रतिशत ब्याजदर प्राप्त हुनेछ ।  ऋणपत्र निष्काशनको लागि काठमाडौँ क्यापिटल बिक्री प्रबन्धक रहेको छ । ऋणपत्रमा लगानीकर्ताले छिटोमा मङ्सिर ४ गतेसम्म र सो अवधिमा पर्याप्त आवेदन नपरेको खण्डमा पुस १ गतेसम्म आवेदन दिन सक्ने छन्  ।  

कुल ऋणपत्रमध्ये २० प्रतिशत अर्थात ४० करोड रुपैयाँ सर्वसाधारणका लागि बिक्री गरिने छ भने बाँकि ८० प्रतिशत अर्थात एक अर्ब ६० करोड रुपैयाँ व्यक्तिगत तवरमार्फत बिक्री हुनेछ । अर्ध वार्षिक रुपमा व्याज भुक्तानी गरिने उक्त ऋणपत्रको अवधि १० वर्ष तोकिएको छ । 

लगानीकर्ताले सम्पूर्ण  सीआश्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्ने छन् ।

Logo