एनआईसीको भाईटिका अफर: प्रत्येक ग्राहकलाई एक सय बोनस

एनआईसीको भाईटिका अफर: प्रत्येक ग्राहकलाई एक सय बोनस

केन्द्रबिन्दु
0
Shares

एनआईसी एसिया बैंकले भाइटिकाको उपहार स्वरुप प्रत्येक ग्राहकलाई एक सय बोनस दिने भएको छ। बैंकको मोबाइल बैंकिङबाट रकम ट्रान्सफर गर्दा भाइटिकाको उपहार स्वरुप ग्राहकले आफ्नो खातामा एक सय रुपैयाँ प्राप्त गर्ने बैंकले जनाएको छ। 

एनआईसी एसियाले शुभ–दिपावली तथा भाइटिकाको उपलक्ष्यमा ‘सोच बदलौं … भाइटिकाको उपहार स्वरुप रकम ट्रान्सफर रोजौं’ भन्ने मूल नाराका साथ नेपालमै पहिलोपटक यस्तो योजना ल्याएको हो।     

यो योजना अन्तर्गत बैंकले आफ्ना ग्राहकहरुलाई १०० को बोनस उपलब्ध गराउनेछ। बैंकले भाइटिकाको उपलक्ष्यमा ग्राहकले दिने दक्षिणा स्वरुपको रकम बैंकको मोबाइल बैकिङबाट रकम ट्रान्सफर गर्दा १०० बराबरको बोनस रकम प्राप्त गर्नेछन। 

बैंकको ग्राहक संख्या १३ लाख ५० हजार छ । बैंकले हाल आफ्ना २६५ शाखा कार्यालयहरु, २६५ एटिएम, २७ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत आफ्ना ग्राहकहरुलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ। यस अवधिमा बैंकले १६७ अर्ब निक्षेप संकलन गरि १४१ अर्ब कर्जा तथा लगानी प्रवाह गरेको छ ।

Logo