काठमाडौँ

यो वर्ष इतिहासमै सर्वाधिक धान उत्पादन हुने प्रक्षेपण गरिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष ५४ लाख ३० हजार मेट्रिक टन धान उत्पादन हुने प्रारम्भिक जानकारी दिएको छ । "/>

यसवर्ष सर्वाधिक धान उत्पादन : तैपनि चामल अपुग हुने

यसवर्ष सर्वाधिक धान उत्पादन : तैपनि चामल अपुग हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

यो वर्ष इतिहासमै सर्वाधिक धान उत्पादन हुने प्रक्षेपण गरिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष ५४ लाख ३० हजार मेट्रिक टन धान उत्पादन हुने प्रारम्भिक जानकारी दिएको छ । यसअघि २०७३ मा सर्वाधिक ५२ लाख ३० हजार मेट्रिक टन धान फलेको थियो । धान नेपालको प्रमुख खाद्यान्न बाली हो ।

मन्त्रालयका अनुसार यो वर्षको उत्पादन गत वर्ष भन्दा करिब १० प्रतिशत बढी हो । यो वर्षको धान एक खर्ब ३० अर्ब मूल्यको हुने सरकारी अनुमान छ । २०७४ मा ५१ लाख ५२ हजार मेट्रिक टन धान फलेको थियो । धान उत्पादन वृद्धि हुँदा अर्थतन्त्र पनि बलियो हुन्छ ।

मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले इतिहासमै सबैभन्दा बढी धान यो वर्ष उत्पादन भएको जानकारी दिए । रोपाइँको समयमा देशभर मनसुनी वर्षा सक्रिय भएकाले धान उत्पादन बढाउन सहयोग पुगेको हो । किसानले बढी उत्पादकत्व दिने बीउ प्रयोग गर्नु, रोग कीराको प्रकोप नहुनु र रासायनिक मल पनि उपलब्ध भएकाले उत्पादन उत्साहजनक देखिएको छ ।

१५ लाख ५२ हजार हेक्टर धानखेत मध्ये यो वर्ष १४ लाख ८० हजार हेक्टरमा रोपाइँ भएको थियो । यो करिब ९६ प्रतिशत हो । नेपालमा खेती गरिने कुल क्षेत्रफलको ४७.५ प्रतिशत जमिनमा धानखेती हुन्छ । यसमध्ये क्षेत्रफल र उत्पादनका आधारमा तराईको हिस्सा ७० प्रतिशत छ । धान उत्पादन वृद्धिले यो वर्ष कुल ग्रार्हस्थ उत्पादन (जीडीपी) मा पनि उल्लेखनीय योगदान पुग्ने कृषि विज्ञको भनाइ छ ।

कृषिको योगदान जीडीपीमा २७ प्रतिशत र कुल ग्रार्हस्थ उत्पादन २०.७५ प्रतिशत छ । जीडीपीमा भने धानको योगदान सात प्रतिशत हाराहारीमा छ । धान उत्पादनमा १० प्रतिशतले तलमाथि हुँदा जीडीपी एक प्रतिशत घटबढ हुन्छ । यो वर्ष प्रक्षेपण गरिएको धानको मूल्यले जीडीपीमा झण्डै एक खर्ब ३० अर्ब ३२ करोड मूल्यकोे योगदान पु¥याउनेछ ।

‘जति बढी धान फल्यो, जीडीपीमा पनि हिस्सा बढ्छ’, पूर्वकृषिसचिव डा. सुरोज पोखरेलले भने, ‘किसानसँगै मुलुक पनि आर्थिकरूपमा समृद्ध हुन्छ ।’ धानबालीलाई मुलुकको अर्थतन्त्रको मेरुदण्डसँग जोडिएको छ ।

उत्पादन बढ्दा पनि अपुग

नेपालको कुल जनसंख्या करिब दुई करोड ८९ लाख ८२ हजार सात सय ७१ जनालाई दुई छाक वर्षभर पेटभर भात खुवाउन ३९ लाख ९९ हजार ६ सय २२ मेट्रिक टन चामल आवश्यक पर्छ । खाद्य तथा पोषणका आधारमा प्रतिव्यक्ति प्रतिवर्ष एक सय ३८ किलो चामल चाहिन्छ । यो वर्ष स्वदेशमा उत्पादन हुने प्रक्षेपण गरिएको करिब ५४ लाख ३० हजार मेट्रिक टन धान प्रशोधन गर्दा ३६ लाख ९२ हजार चार सय मेट्रिक टन चामल तयार हुन्छ । सय किलो धान प्रशोधन गर्दा ६८ किलो चामल तयार हुन्छ । यसैले यस वर्ष पनि चामल आयात गर्नु पर्ने अवस्था आएको होे ।
अन्नपूर्णबाट

Logo