इसेवा फोन पे प्रालिले तिहारलाई लक्षित गर्दै एयरलाइन्स् टिकटमा विभिन्न अफर सार्वजनिक गरेको छ । अफर अन्तर्गत हरेक दिन ३ जना भाग्यशाली विजेता घोषित हुनेछन् । "/>

इसेवाको तिहार अफर: एयरलाइन्स् टिकटमा शतप्रतिशत क्यासब्याक

इसेवाको तिहार अफर: एयरलाइन्स् टिकटमा शतप्रतिशत क्यासब्याक

केन्द्रबिन्दु
0
Shares

इसेवा फोन पे प्रालिले तिहारलाई लक्षित गर्दै एयरलाइन्स् टिकटमा विभिन्न अफर सार्वजनिक गरेको छ । अफर अन्तर्गत हरेक दिन ३ जना भाग्यशाली विजेता घोषित हुनेछन् ।
एयरलाइन्स् टिकट काट्नेहरूमध्ये विजेता छनौट गरी प्रथम पुरस्कार स्वरुप शत प्रतिशत क्यासब्याक, दोश्रो पुरस्कार स्वरुप ५० प्रतिशत रकम क्यासब्याक र तेश्रो पुुरस्कार स्वरुप इसेवा वालेटमा एक हजार रिवार्ड प्वाइन्ट प्रदान गरिने छ । यो अफर कार्तिक २० गतेसम्म सञ्चालन हुनेछ ।

इसेवाले यसअघि दशैँलाई लक्षित् गर्दै ‘दशैँ धमाका’ उपहार योजना सार्वजनिक गरेको थियो । जुन उपहार योजनामा करिब ३ सय भन्दा बढिले उपहार जित्न सफल भएका थिए ।
इसेवा नेपाल राष्ट्रबैंकबाट अनुमतिप्राप्त नेपालको पहिलो भुक्तानी प्रदायक कम्पनि हो । इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूमा शुल्क भुक्तानी गर्न सकिन्छ ।

इसेवामा हाल ४७ वटा बैंक सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा रकम जम्मा गर्न तथा इसेवामा रहेको रकम बैंक खातामा रकम पठाउन सकिन्छ । हाल इसेवाका देशभर करिब ४० हजारभन्दा बढी इसेवाएजेन्ट रहेका छन् । यी एजेन्टहरुकोबाट पनि यात्रुहरूले सहजै इसेवाका सबै सेवा लिन सकिन्छ ।

Logo