काठमाडौं । शेयर बजार परिसूचक (नेप्से) साताका पहिलो दिन आइतबार ओरालो लागेको छ । नेप्से परिसूचक १४.७३ अंकले घटेर १२२६.३८ बिन्दुमा पुगेको हो । "/>

साताको पहिलो दिन शेयर बजार दोहोरो अंकले गिरावट

साताको पहिलो दिन शेयर बजार दोहोरो अंकले गिरावट

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । शेयर बजार परिसूचक (नेप्से) साताका पहिलो दिन आइतबार ओरालो लागेको छ । नेप्से परिसूचक १४.७३ अंकले घटेर १२२६.३८ बिन्दुमा पुगेको हो ।

नेप्से घट्दा ३२ करोड ६४ लाखको कारोबार भएको छ । आज १ सय ६० कम्पनीका ११ लाख ९७ हजार १०६ कित्ता शेयर किनबेच भएका छन् ।आज बैंकिङ समूह १६.८१, होटल समूह १५.०१, विकास बैंक समूह १०.०६, जलविद्युत समूह ९.७५, फाईनान्स समूह ६ं.५, निर्जिवन समूह ७९.७३, उत्पादन मुलक समूह ३.७२, अन्य समूह २.३७, माईत्रोफाइनान्स समूह १४.९७ र जीवन बिमा समूह ५४.११ अंकले घटेर रातो सुचीमा अडेको छ ।

आज सबैभन्दा धेरै ग्लोबल आईएम ई बैंक कम्पनीले २ करोड ३३ लाख रुपैयाँको शेयर किनबेच गरेको छ । नेपाल सेभा लघुवित्त वित्तिय संस्था कम्पनीका लगानीकर्ताहरुले ५.९५ प्रतिशत फाईदा कमाएका छन् भने आईएम ई जेनेरल इन्सयोरेन्स कम्पनीले ५.०९ प्रतिशतले गुमाएका छन् ।

Logo