काठमाडौँ

चालू आर्थिक वर्षको तीन महिनामा अघिल्लो वर्षको तुलनामा ४२ प्रतिशत बढी राजस्व संकलन भएको छ । "/>

तीन महिनामा एक खर्ब वढी राजस्व संकलन

तीन महिनामा एक खर्ब वढी राजस्व संकलन

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

चालू आर्थिक वर्षको तीन महिनामा अघिल्लो वर्षको तुलनामा ४२ प्रतिशत बढी राजस्व संकलन भएको छ । भन्सार विभागका अनुसार यस अवधिमा कूल १ खर्ब १ अर्ब २४ करोड रुपैयाँ राजस्व आम्दानी भएको छ । यस अवधिमा विभागले ९२ अर्ब ४२ करोड राजस्व आम्दानी गर्ने लक्ष्य राखेको विभागका निर्देशक विनोदशरण आचार्यले जानकारी दिए ।

मुलुकका विभिन्न भन्सार कार्यालयबाट वस्तुको आयात निर्यात हुने गरेको छ । मुलुकमा हाल ३६ भन्सार कार्यालय र १३८ छोटी भन्सार कार्यालय छन् । त्यसमध्ये ९ भन्सार कार्यालय चीनसँग र बाँकी भारतीय सीमासँग जोडिएका छन् । त्यसमध्ये सबैभन्दा बढी आयात वीरगन्जबाट ३४ प्रतिशत, भैरहवाबाट १७ प्रतिशत, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट १४ प्रतिशत, विराटनगरबाट १२ प्रतिशत, सुख्खा बन्दरगाहबाट १० प्रतिशत आयात भएको तथ्यांकमा उल्लेख छ ।

 

Logo