काठमाडौँ

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा मुलुकको वैदेशिक व्यापार घाटा दैनिक तीन अर्ब ८८ करोड रुपैयाँ पुगेको छ । "/>

नेपालको एक दिनको व्यापार घाटा ३ अर्ब ८८ करोड !

नेपालको एक दिनको व्यापार घाटा ३ अर्ब ८८ करोड !

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा मुलुकको वैदेशिक व्यापार घाटा दैनिक तीन अर्ब ८८ करोड रुपैयाँ पुगेको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिना असोज सम्ममा तीन खर्ब ५० अर्ब रुपैयाँ व्यापार घाटा भएको छ । यसलाई दैनिक रुपबाट हेर्दा दिनको तीन अर्ब ८८ करोड रुपैयाँ घाटा देखिएको हो ।

पछिल्लो तीन महिनाको तथ्यांक अनुसार मुलुकमा तीन खर्ब ९७ अर्ब ३३ करोड रुपैयाँको वैदेशिक व्यापार भएको छ । यसमा तीन खर्ब ७३ अर्ब ५८ करोड रुपैयाँको आयात भएको छ भने २३ अर्ब ७४ करोड ५० लाखको निर्यात भएको छ ।

विभागका अनुसार तीन महिनामा आयात ४३.५७ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको सोही अवधिमा दुई खर्ब ६० करोड भएकोमा यो वर्ष तीन खर्ब ७३ अर्ब ५८ करोड पुगेको हो । यस अवधिमा गत आर्थिक वर्षमा व्यापार घाटा दुई खर्ब ३९ अर्ब ७५ करोड थियो ।

निर्यात भने सो अनुसार बढ्न सकेको छैन । तथ्यांक अनुसार तीन महिनामा १६ प्रतिशतले निर्यात बढेको छ । गत आर्थिक वर्षको पहिलो तीन महिनामा २० अर्ब ४५ करोड रुपैयाँ बराबरको सामान निर्यात भएकोमा यो वर्ष २३ अर्ब ७४ करोड पुगेको छ ।

हामीले दैनिक ४ अर्ब १४ करोड रुपैयाँ बराबरका सामान आयात गर्दा २६ करोड ३७ लाख रुपैयाँ बराबरका सामान मात्र निर्यात गरेका छौं ।

मुलुकको सबैभन्दा धेरै व्यापार घाटा छिमेकी देश भारतसँग छ । भारतबाट दुई खर्ब ३६ करोड बराबरको आयात हुँदा १३ अर्ब १६ करोड रुपैयाँको मात्र निर्यात भएको छ । भारतसँग मात्रै तीन महिनाको अवधिमा दुई खर्ब २२ अर्ब ९५ करोड रुपैयाँ व्यापार घाटा भएको तथ्यांकमा उल्लेख छ । त्यसैगरी चीनसँगको व्यापार घाटा ५२ अर्ब ५५ करोड बराबर छ । तीन महिनामा चीनबाट ५३ अर्ब ११ करोड बराबरको सामान आयात र ५६ करोड ४० लाखको निर्यात भएको तथ्यांकमा उल्लेख छ ।
नागरिकबाट

Logo