काठमाडौं । राजधानीको सुन्धारामा रहेको सिटीसी मलमा तिहार धमाका मोबाइल मेला सुरु भएकोे छ । हालै संचालनमा आएको मोबाइल हबमा दशैंपछि तिहारलाई लक्षित गर्दै तिहार धमाका मोवाईल मेला सुरु भएको हो । "/>

सिटीसी मलमा अब तिहार धमाका मोबाइल मेला, ६० मिनेटमै मोवाईल मर्मत

सिटीसी मलमा अब तिहार धमाका मोबाइल मेला, ६० मिनेटमै मोवाईल मर्मत

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । राजधानीको सुन्धारामा रहेको सिटीसी मलमा तिहार धमाका मोबाइल मेला सुरु भएकोे छ । हालै संचालनमा आएको मोबाइल हबमा दशैंपछि तिहारलाई लक्षित गर्दै तिहार धमाका मोवाईल मेला सुरु भएको हो ।

मोबाइलका पारखीहरुका लागि नयाँ गन्तव्यको अवधारणासहित हबले मोबाइल मेलामा आर्कषक छुटका साथैअफर भित्रको अफर योजना ल्याएको छ । मोवाइल सम्बन्धि सबै सेवा एकै छाना मुनीदिने र तिहारलाई लक्षित गरी भारी छुटमा मोबाइल उपलब्ध गराउन मेला आयोजना गरिएको मोबाइल हबले जनाएको छ ।

कार्तिक २२ गते सम्म सञ्चालन हुने मोबाइल मेलामा मोवाइल खरिद गर्ने ग्राहकले दशैतिहार धमाका अन्तर्गत ६० प्रतिशतसम्म छुट पाउनेछन । त्यस्तै अफर भित्रको पनि अफरमा ग्राहकले शुन्य प्रति शतव्याजदरमा किस्ताबन्दीमा मोबाइल समेत किन्न सक्ने छन् ।

साथै हरेक मोबाइलको खरिदमा हात खाली नजाने अफर राखिएको मोबाइल हबका प्रबन्ध निर्देशक संगम राईले जानकारी दिए । एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैंमा दिने अफरका साथै मोबाइल सट्टापट्टा पनि गर्न सकिनेछ । मोबाइल हबमा चल्ने मोबाइल मेला अवलोकन गर्न आउनेहरुलाई समेत गोलाप्रथाबाट विभिन्न ब्रण्डका मोवाइल निशुल्क बितरण गरिनेछ ।

साथै मोबाइल किन्न वा मर्मत गर्न मोबाइल हब जाँदा निःशुल्क पार्किङ पनि व्यवस्था गरिएको छ । सबैभन्दा धेरै ब्राण्ड, सबैभन्दा धेरै भेराईटी समेटेको मोबाइल हबमा बिश्व बजारका चल्तीका २० भन्दा बढी ब्राण्डका मोबाइलहरु उपलब्ध छन् ।

नेपालमै पहिलो पटक फरक अबधारणामा सञ्चालनमा आएको मोबाइल हबमा ६० मिनेटमै मोबाइल मर्मत सेवा, मोबाइल एक्सचेञ्ज र टच एण्ड फिलजोनको समेत व्यवस्था छ ।

Logo