काठमाडौं– दसैंको मुखमा राष्ट्रिय प्रकृति संरक्षण कोषले असोज ३० गते सोमबारका दिन सुचना जारी गर्दै संरक्षित क्षेत्रहरु जस्तै अन्नपूर्ण, मनास्लु, कञ्चनजङ्घा, गौरीशंकर साथै शिवपुरी राष्ट्रिय निकुञ्जमा जाने विदेशी पदयात्रीबाट लिईने प्रवेश शुल्क पूर्व जानकारी बिना एक्कासी वृद्धि गरेको भन्दै ट्रेकिङ्ग एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान)ले आपत्ति जनाएको छ । "/>

पर्यटक प्रवेश शुल्क वृद्धि गरेकोमा टानको आपत्ति

पर्यटक प्रवेश शुल्क वृद्धि गरेकोमा टानको आपत्ति

केन्द्रबिन्दु
0
Shares

काठमाडौं– दसैंको मुखमा राष्ट्रिय प्रकृति संरक्षण कोषले असोज ३० गते सोमबारका दिन सुचना जारी गर्दै संरक्षित क्षेत्रहरु जस्तै अन्नपूर्ण, मनास्लु, कञ्चनजङ्घा, गौरीशंकर साथै शिवपुरी राष्ट्रिय निकुञ्जमा जाने विदेशी पदयात्रीबाट लिईने प्रवेश शुल्क पूर्व जानकारी बिना एक्कासी वृद्धि गरेको भन्दै ट्रेकिङ्ग एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान)ले आपत्ति जनाएको छ ।

सरकारले पूर्व जानकारी बिना एक्कासी नेपाली पदयात्रीलाई निःशूल्क प्रवेश दिँदै आएकोमा अब १ सय रुपैयाँ तिर्नुपर्ने, सार्क मुलुकका पर्यटकलाई प्रवेश शूल्क रु.२ सयबाट रु. १ हजारमा वृद्धि गरेको र सार्क मुलुक बाहिरका पर्यटकका लागि रु.२ हजार २ सय ६० बाट रु. ३ हजार पुर्‍याएको हुँदा पर्यटन व्यवसायीहरु चिन्तित भएका छन् ।

‘गुणस्तरको पर्यटक भित्राउने कुरामा हामी सबै सहमत छौं तर गुणस्तरको पर्यटक भित्राउनको लागि सरकारले कुनै पनि क्षेत्रको शुल्क बढाउँनु अघि कम्तिमा पनि ६ महिना अगाडि नै शुल्क वृद्धि गर्ने कुरामा छलफल गरेर मात्रै वृद्धि गरिएमा सहज र व्यवहारिक हुने थियो । यसरी आकस्मिक र हप्ता हप्तामा विभिन्न क्षेत्रको प्रवेश शुल्क वृद्धि गर्नाले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन पनि कठिन हुन जानेछ,’ टानले भनेको छ ।

२० लाख पर्यटक भित्राउने उद्देश्यका साथ नेपाल सरकारले एकातिर नेपाल भ्रमण वर्ष– २०२० अभियान घोषणा गरेको तर यस उद्देश्यलाई हासिल गर्न पर्यटनमैत्री वातावरण निर्माण गरेर पर्यटकलाई आकर्षित गर्नुको सट्टा पटक पटक मुल्य वृद्धि गर्दा २० लाख पर्यटक भित्राउने लक्ष्य प्राप्ती नहुने टानको भनाइ छ ।

 

Logo