काठमाडौं । साझा यातायातले विद्युतीय बस सञ्चालनमा ल्याएको छ। एसियाली विकास बैंक (एडीवी) को आर्थिक सहयोगमा साझाले विद्युतीय बस सञ्चालनमा ल्याएको हो। "/>

काठमाडौंमा विद्युतीय बस सञ्चालनमा, प्रधानमन्त्री ओली बस चढेर पुगे सिंहदरबार

काठमाडौंमा विद्युतीय बस सञ्चालनमा, प्रधानमन्त्री ओली बस चढेर पुगे सिंहदरबार

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । साझा यातायातले विद्युतीय बस सञ्चालनमा ल्याएको छ। एसियाली विकास बैंक (एडीवी) को आर्थिक सहयोगमा साझाले विद्युतीय बस सञ्चालनमा ल्याएको हो। लुम्बिनी क्षेत्रमा चलाइने बसलाई प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक रूपमा उद्घाटन गरेका छन् ।

प्रधानमन्त्री ओली सोही बसमा चढेर सिंहदरबार पुगेका छन्। बसमा प्रधानमन्त्री ओलीसँगै पर्यटनमन्त्री रवीन्द्र अधिकारी, र नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनलगायतले पनि यात्रा गरेका थिए ।

बसको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सन् २०२० सम्म २० प्रतिशत विद्युतीय बस चल्ने दाबी गरे । लुम्बिनी क्षेत्रमा पाँच वटा विद्युतीय बस चलाउने घोषणा गरेको साझाले दुईवटा बस मंगलबारदेखि सञ्चालनमा ल्याएको हो। अन्य तीन वटा बस चाँडै सञ्चालनमा ल्याइने साझाले जनाएको छ।

चिनियाँ कम्पनीले निर्माण पाँचमध्ये दुई बस काठमाडौँ ल्याइएको हो। चालकसहित २० सिट क्षमताका बसमा सीसीटीभी जडान गरिएको छ।

Logo