काठमाडौं

अन्तर्राष्ट्रिय बजारमा भाउवृद्धि भएसँगै नेपाली बजारमा सुनको मूल्य ६ वर्ष यताकै उच्च विन्दुमा पुगेको छ । "/>

सुन ६ वर्ष यताकै महंगो : प्रतितोला ६० हजारमा किनबेच

सुन ६ वर्ष यताकै महंगो : प्रतितोला ६० हजारमा किनबेच

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

अन्तर्राष्ट्रिय बजारमा भाउवृद्धि भएसँगै नेपाली बजारमा सुनको मूल्य ६ वर्ष यताकै उच्च विन्दुमा पुगेको छ । शुक्रबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ६० हजारमा किनबेच भएको छ । यो भाउ २०६९ भदौ यता कै सबैभन्दा महँगो हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भएको छ । बिहीबार ५९ हजार ३ सयमा कारोबार भएको सुन एकै दिनमा ७ सयले बढेर उच्च विन्दुमा पुगेको हो । ‘ शुक्रबारको मूल्य ६ वर्ष यताकै महँगो हो,’ महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले भने, ‘२०६९ भदौमा प्रतितोला ६३ हजार ५ सय सम्म पुगेको थियो ।’ उनका अनुसार प्रतितोला ६० हजार भनेको २०६९ भदौ महिनापछिको सबैभन्दा महँगो हो । दुई वर्ष अघि नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४७ हजार ७ सयसम्म झरेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार एकै दिन प्रतिऔंस २७ अमेरिकी डलरले सुनको मूल्य वृद्धि भएको थियो। बिहीबार प्रतिऔंस १ हजार १ सय ९४ डलरमा कारोबार भएको सुनको मूल्य शुक्रबार प्रतिऔंस १ हजार २ सय २१ डलर पुगेको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य अकस्मात वृद्धि भएको र त्यसको असर नेपाली बजारमा पनि परेको शाक्यले बताए ।
नागरिकबाट

Logo