रिस्ता राई/काठमाडौं । यतिबेला दशैंको रमझम सुरु भईसकेको छ । नयाँ लुगा लगाउनेदेखि लिएर नयाँ नोट खोज्नेहरुको भिड छ बजारमा । "/>

सडक पुटपाथमै दशैंको नयाँ नोट सटही

सडक पुटपाथमै दशैंको नयाँ नोट सटही

केन्द्रबिन्दु
0
Shares

रिस्ता राई/काठमाडौं । यतिबेला दशैंको रमझम सुरु भईसकेको छ । नयाँ लुगा लगाउनेदेखि लिएर नयाँ नोट खोज्नेहरुको भिड छ बजारमा । नेपाल राष्ट्र बैंकले असोज २१ गतेबाट सर्वसाधारणलाई भन्दै नयाँ नोट सटही गरिरहेको छ । शैंलाई लक्षित गरेर नेपाल राष्ट्र बैंकले आईतबारबाट नयाँ नोट सटहीको सुविधा उपलब्ध गराएको हो ।

नयाँ नोट साट्नको लागि नेपाल राष्ट्र बैंकले निश्चित बैंकको व्यवस्था गरेको छ । बैंकबाट नयाँ नोट साट्न पाउनै मुस्किल हुँदा काठमाडौंका विभिन्न ठाउँहरुमा पनि नयाँ नोट सटही गर्नेको कमी छैन् । केहीले त नयाँ नोट सटहीलाई नै आफ्नो व्यापार नै बनाएका छन् । काठमाडौंका विशेषगरी रत्नपार्क, सुन्धारा लगायतका क्षेत्रमा नयाँ नोट साट्न सडक पेटीभर व्यापारी बसिरहेका छन् । उनीहरुले निश्चित पैसा लिएर नयाँ नोट साट्दै आएका छन् ।

बैंकबाट एक जनाले २७ हजार रुपैयाँ सम्म नयाँ नोट सटही गर्न पाईन्छ । नयाँ नोट साट्न फुटपाथमा बसेकाहरुले नयाँ नोट साटेर नै दशैं खर्च चलाउँछन् । अन्य समयमा इलेक्ट्रिसियनको काम गर्ने गहेन्द्र शाक्य यतिबेला सुन्धारास्थित सडक छेउमा नयाँ नोट सटहीको व्यापार गर्दै आएका छन् ।

दशैं खर्च चलाउनको लागी आफुले केही दिनको लागि यो पेशा अंगालेको उनी बताउँछन् । आफुले आफ्नो व्यापारसँगै अरुको भलाईको काम पनि गरिरहेको उनको भनाई छ । दशैंको लागि पैसा साट्न दिनभरी बैंकमा लाईन लागेर बस्न समय नहुनेहरुलाई आफुले व्यापारसँगै सेवा प्रदान गरिरहेको उनी बताउँछन् ।

उनी भन्छन् ‘सबैलाई पैसा साट्न जाने समय समय हुँदैन् । पैसा साट्न जान बैंकमा लाईन लाग्नुपर्छ । त्यो समयको बचत गर्दै थोरै पैसा लिएर यो काम गर्दा लिने र दिने दुवै खुसी छन् ।’ उनी प्रति व्यत्ति २७ हजार दिनमा साटेर साँझ फुटपाथमा बस्छन् ।

बैंकको लाईनमा बस्न समय नभएकाहरु धेरै उनकोमा पैसा साट्न आउने गरेको उनी बताउँछन् । लोकन्थलीबाट आउने उनी पैसा साटेर नै दिनकै हजार पन्ध्र सय कमाई हुन्छ । उनी जस्तै काठमाडौंका विभिन्न सडक छेउमा यसरी नयाँ नोट सटही गर्नेहरुको संख्या उल्लेख्य छ । उनीहरुले कसैले ५ प्रतिशत त कसैले १० प्रतिशतसम्ममा पनि नयाँ नोट साटिरहेका छन् ।

Logo