आँखु खोला हाइड्रोपावर कम्पनीको आईपिओ भर्ने आज (२६ असोज) अन्तिम दिन रहेको छ । "/>

आँखु खोला हाइड्रोपावरको आईपिओ भर्ने आज अन्तिम दिन

आँखु खोला हाइड्रोपावरको आईपिओ भर्ने आज अन्तिम दिन

केन्द्रबिन्दु
0
Shares

आँखु खोला हाइड्रोपावर कम्पनीको आईपिओ भर्ने आज (२६ असोज) अन्तिम दिन रहेको छ । कम्पनीले असोज २३ गतेदेखि सर्वसाधारणको लागि आईपिओ बिकी खुला गरेको थियो ।  कम्पनीले सर्वसाधारणलाई १३ करोड ७६ लाख दुई हजार रुपैयाँको १३ लाख ७६ हजार २० कित्ता आइपिओ निष्काशन गरेको हो । 

लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम ६ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने छन। कुल शेयर मध्ये ६८ हजार ८०१ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई र २७ हजार ५२० कित्ता शेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ । बाँकी १२ लाख ७९ हजार ६९९ कित्ता शेयरमा आम सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।  अईपियो निष्काशनको लागि सिभिल क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

कम्पनीले ८.४ मेगावाटको आँखुखोला–१ जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७० साल भाद्र ८ गतेदेखि व्यवसायिक उत्पादन सुरु गरिरहेको छ । आईपिओपछि आँखुखोला हाइड्रोको चुक्ता पूँजी ८० करोड रुपैयाँ पुग्नेछ ।

Logo