काठमाडौं । शेयर बजार परिसूचक (नेप्से) साताका अन्तिम दिन बिहिबार उकालो लागेको छ । नेप्से परिसूचक ९.९५ अंकले बढेर १२२८.२८ बिन्दुमा पुगेको हो । "/>

साताको अन्तिम दिन शेयर बजार उकालोे, २५ करोडको कारोबार

साताको अन्तिम दिन शेयर बजार उकालोे, २५ करोडको कारोबार

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । शेयर बजार परिसूचक (नेप्से) साताका अन्तिम दिन बिहिबार उकालो लागेको छ । नेप्से परिसूचक ९.९५ अंकले बढेर १२२८.२८ बिन्दुमा पुगेको हो । नेप्से बढ्दा २५ करोड २२ लाखको कारोबार भएको छ । आज १ सय ६५ कम्पनीका ८ लाख ६२ हजार ३६८ कित्ता शेयर किनबेच भएका छन् ।

आज बैंकिङ समूह १२.२७, विकास बैंक समूह ११.८८, जलविद्युत समूह १.९४, फाईनान्स समूह ५.७२, निर्जिवन समूह ४९.४३, अन्य समूह ५.३२, माईत्रोफाइनान्स समूह ९.६ र जीवन बिमा समूह ७.७७ अंकले बढेको छ ।

होटल समूह ३५.३८ र उत्पादन मुलक समूह १२.४३ अंकले घटेको छ । आज सबैभन्दा धेरै मेगा बैंक कम्पनीले १ करोड ६४ लाख रुपैयाँको शेयर किनबेच गरेको छ । युनाईटेड फाईनान्स कम्पनीका लगानीकर्ताहरुले ७.९५ प्रतिशत फाईदा कमाएका छन् भने पन्चकन्या माई हाईड्रोपावर कम्पनीले ५.५५ प्रतिशतले गुमाएका छन् ।

Logo