काठमाडौं

चार्डबाडमा मीठो खान र राम्रो लाउन सबैलाई रहर हुन्छ । व्यापारीले भने यही बेला दैनिक उपभोग्य वस्तुको बजारभाउ बढाएका छन् । "/>

चार्डबाडमा दैनिक उपभोग्य वस्तुको मूल्यमा उच्चरुपले वृद्धि

चार्डबाडमा दैनिक उपभोग्य वस्तुको मूल्यमा उच्चरुपले वृद्धि

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

चार्डबाडमा मीठो खान र राम्रो लाउन सबैलाई रहर हुन्छ । व्यापारीले भने यही बेला दैनिक उपभोग्य वस्तुको बजारभाउ बढाएका छन् । यसले दसैंमा आम उपभोक्ताको भान्सा महँगो बनाएको छ । भान्सामा उपभोग हुने धेरै वस्तुमा १५ देखि २० प्रतिशत मूल्यवृद्धि भएको छ । हरियो तरकारीदेखि फलफूलसम्म, चामल देखि खानेतेल सम्म भाउ बढेको छ । सुख्खा फलफूलको मूल्य पनि अचाक्ली बढाइएको छ ।

थोक व्यापारीले आफूखुशी मूल्यवृद्धि गरेका हुन् । चाडपर्वको मुखमै मूल्यवृद्धि गरेर उनीहरूले मौकाको फाइदा उठाउन खोजेका छन् । तर व्यापारीले बाहिरबाट आयात गर्ने सामानमा डलरको विनिमय दर बढेकाले सामानको भाउ बढेको दाबी गरे । ढुवानी खर्च वृद्धि भएको, आन्तरिक उत्पादनमा कमी आएको र उत्पादन हुने मौसम सकिएकाले तरकारीजन्य वस्तुको मूल्य बढेको अर्का थरी व्यापारीको तर्क छ । महँगीको पहिलो असर भान्सामा परेको छ ।

भान्सामा साँझ बिहान पाक्ने हरियो तरकारीमा औसतमा १५ देखि २० प्रतिशत मूल्य बढाइएको छ । नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका अनुसार यो वर्ष अत्याधिक वर्षाका कारण राजधानीछेउका जिल्लामा उत्पादन कम भएको जनाएको छ । त्यही कारण बजारभाउ बढेको उसको दाबी छ ।

राजधानीमा खपत हुने कूल तरकारी मध्ये झण्डै ६० प्रतिशत धादिङ, काभ्रे, मकवानपुर र ललितपुरबाट आउने गर्छ । यो वर्ष ती जिल्लाबाट त्यो भन्दा कम आपूर्ति भएको बताइएको छ । ‘माग बढी र आपूर्ति कम हुँदा स्वभाविक रूपमा वस्तुको मूल्यवृद्धि हुन्छ,’ महासंघ अध्यक्ष खोमप्रसाद घिमिरेले भने, ‘हरियो तरकारीमा त्यही भएको हो ।’ तरकारीमा प्रतिकिलो १० देखि १५ रूपैयाँ वृद्धि भएको छ ।

यता दैनिक खाद्यवस्तु मध्ये चामल, खानेतेल, मैदा, आँटामा पनि बजारभाउ बढेको छ । चामल प्रतिबोरा ५० रूपैयाँ वृद्धि भएको छ । खाने तेलमा प्रतिलिटर १० रूपैयाँ बढेको छ । नेपाल खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्यले थोक आयात गर्दा डलरको विनिमय दरको वृद्धिले खाद्यान्नको मूल्य बढाएको दाबी गरे । उनका अनुसार सोयाबिन, तोरी र सनफ्लावर तेलको पनि मूल्य बढेको छ ।

चाडपर्वमा धेरै रुचाइने ड्राइ फ्रुट्सको मूल्य पनि बढेको छ । अत्याधिक बजार लिएको काजु, पिस्ता, किसमिस, बदाम र सुख्खा नरिवल महँगिएको हो । यिनमा प्रतिकिलोमै तीन सय रूपैयाँसम्म भाउ बढेको छ । खुद्रा व्यापार संघ अध्यक्ष बज्राचार्यले यी वस्तु भारत लगायत तेस्रो मुलुकबाट आयात हुने भएकाले डलरभाउसँगै महँगिएको दाबी गरे ।

चाडबाडमा धेरै बिक्री हुने र पूजापाठमा चाहिने फलफूलको मूल्य पनि आकासिएको छ । फलफूल १० प्रतिशत भन्दा बढी महँगिएको छ । नेपाल फलफूल व्यवसायी केन्द्रीय संघका कोषाध्यक्ष काशीराम सापकोटाका अनुसार थोकमा ९० रूपैयाँ किलोमा बिक्री हुने विदेशी स्याउको मूल्य एक सय पाँच पुगेको छ ।
अन्नपूर्णबाट

Logo