काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले १० अर्ब रुपैयाँको पूर्वाधार विकास कोष कम्पनी मोडलमा स्थापना गर्ने निश्चित भएको बताएको छ । "/>

एनआरएनएले १० अर्बको पूर्वाधार कोष बनाउने (भिडियोसहित)

एनआरएनएले १० अर्बको पूर्वाधार कोष बनाउने (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले १० अर्ब रुपैयाँको पूर्वाधार विकास कोष कम्पनी मोडलमा स्थापना गर्ने निश्चित भएको बताएको छ ।

एनआरएनएका अध्यक्ष भवन भट्टले बुधबार काठमाडौंमा भएको पत्रकार सम्मेलनमा अर्थमन्त्री सँगको भेटमा पूर्वाधार विकास कोष कम्पनि मोडलमा स्थापना गर्न सकारात्मक रहेको जानकारी दिए ।

एनआरएनएले वैदेशिक रोजगारमा गएका नेपाली र सानो स्तरमा लगानी गर्ने गैरआवासीय नेपालीलाई भन्दै १० अर्ब रुपैयाँको पूर्वाधार विकासका लागि इन्भेष्टमेन्ट कम्पनी खोल्ने र शेयर जारी गर्न दिन सरकारसँग अनुरोध गर्दै आएको थियो ।

उनले नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रामलय, परराष्ट्र मन्त्रालय र सेबोनको साझेदारीमा कोषस्थापना गर्ने निश्चित भएका बताए ।

 

Logo