सरकारले परीक्षण गरेर मात्रै मासु खरिद गर्न सर्वसाधारणलाई आह्वान गरेको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले दसैं, तिहार जस्ता चाडपर्वमा परीक्षण गरेर मात्रै मासु खरिद गर्न सर्वसाधारणलाई आह्वान गरेका हुन् । "/>

कालिमाटी तरकारी बजार हटाउने सरकारको घोषणा

कालिमाटी तरकारी बजार हटाउने सरकारको घोषणा

केन्द्रबिन्दु
0
Shares

सरकारले परीक्षण गरेर मात्रै मासु खरिद गर्न सर्वसाधारणलाई आह्वान गरेको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले दसैं, तिहार जस्ता चाडपर्वमा परीक्षण गरेर मात्रै मासु खरिद गर्न सर्वसाधारणलाई आह्वान गरेका हुन् ।

बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी उनले कालिमाटी फलफूल तथा तरकारी बजार कालिमाटीबाट हटाउने घोषणा गरे । उनले अदालतको आदेशका कारण कालीमाटी फलफूल तथा तरकारी बजार सुधार कार्यक्रम अघि बढाउन नसकिएको स्पष्ट पार्दै अब त्यसलाई त्यहाँबाट हटाउने योजना अघि सारे । मन्त्री खनालले सो तरकारी बजारको विकल्प दिने गरी बल्खु वरपरको जग्गाको व्यवस्था गर्न लागिएको बताए ।

मन्त्री खनालले हेटौडामा रहेको कपडा उद्योगलाई संचालन गर्न बर्दियामा कपास खेती र बुटवलमा धागो उद्योग संचालन गर्ने पनि बताउनु भयो । उहाँले वीरगंजमा जीर्ण अवस्थामा रहेको कृषि औंजार कारखानाको उचित व्यवस्थापनका लागि अध्ययन गर्न समिति गठन गर्ने पनि स्पष्ट पार्नु भयो ।

 

Logo