काठमाडौं । शेयर बजार परिसूचक (नेप्से) साताका चौथो दिन बुधबार झिनो अंकले बढेको छ । नेप्से परिसूचक ०.४० अंकले बढेर १२१८.३३ बिन्दुमा पुगेको हो । "/>

शेयर बजार झिनो अंकले बढ्यो, २२ करोडको कारोबार

शेयर बजार झिनो अंकले बढ्यो, २२ करोडको कारोबार

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । शेयर बजार परिसूचक (नेप्से) साताका चौथो दिन बुधबार झिनो अंकले बढेको छ । नेप्से परिसूचक ०.४० अंकले बढेर १२१८.३३ बिन्दुमा पुगेको हो । नेप्से बढ्दा २२ करोड ६५ लाखको कारोबार भएको छ । आज १ सय ६२ कम्पनीका ८ लाख ५६ हजार १८७ कित्ता शेयर किनबेच भएका छन् । आज बैंकिङ समूह २.३८ र उत्पादमुलक समूह ६.१५ अंकले बढेको छ ।

होटल समूह ६.७३, विकास बैंक समूह ३.८, जलविद्युत समूह ५.६१, फाईनान्स समूह २.२२, निर्जिवन समूह ५.०९, अन्य समूह १.४५, माईत्रोफाईनान्स समूह ५.९३ र जीवन बिमा समूह १.१८ अंकले घटेको छ ।

आज सबैभन्दा धेरै सानीमा माई हाईड्रोपावर कम्पनीले ३ करोड ४२ लाख रुपैयाँको शेयर किनबेच गरेको छ । मेगा बैंक नेपाल कम्पनीका लगानीकर्ताहरुले ३.११ प्रतिशत फाईदा कमाएका छन् भने सिटी एक्प्रेस फाईनान्स कम्पनीले ५.४५ प्रतिशतले गुमाएका छन् ।

Logo