काठमाडौं । संसारकै अटोमोवाइल्सको क्षेत्रको संस्था एफआईएको क्षेत्रिय मोबिलिटी सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ । गत सेप्टेम्बर १६ देखि १८ सम्ममा आयोजना गरिएको एसिया प्यासेफिक सम्मेलनमा विश्वका विभिन्न देशका अटोमोवाईल्ससँग सम्बन्तिध व्यक्ति तथा संस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो । "/>

काठमाडौंमा एफआईए क्षेत्रिय मोबिलिटी सम्मेलन सम्पन्न

काठमाडौंमा एफआईए क्षेत्रिय मोबिलिटी सम्मेलन सम्पन्न

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । संसारकै अटोमोवाइल्सको क्षेत्रको संस्था एफआईएको क्षेत्रिय मोबिलिटी सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ । गत सेप्टेम्बर १६ देखि १८ सम्ममा आयोजना गरिएको एसिया प्यासेफिक सम्मेलनमा विश्वका विभिन्न देशका अटोमोवाईल्ससँग सम्बन्तिध व्यक्ति तथा संस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

सम्मेलनको औपचारिक उद्घाटन भौतिक पूर्वाधार तथा यातायात मन्त्रि रघुवीर महासेठले गरेका थिए भने नेकपा नेता प्रतिनिधिसभा सदस्य योगेश भट्टराई लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

अटोमोवाइल्स क्षेत्रसँग मात्र सम्बन्धित नभई त्यो सम्मेलन सेफर मोबिलिटी, Star Rating Road, Modern Management for Trade, Industry and Service Sector जस्ता विषयमा समेत कार्यपत्र प्रस्तुत गरिएको थियो सम्मेलनमा संसारभरीका विभिन्न देशबाट ५५ जना सहभागीता रहेको थियो ।

कार्यक्रमकै मुख्य वक्ताको रुपमा FIA का Deputy President Of Automobile Mobility & Tourism – Theiorry Willemarck थिए भने महासचिव Andrew McKellar तथा IndiaRAP का प्रतिनिधि Jigesh Bhavsar तथा Global NCAP का कार्यक्रम निर्देशक तथा Asia Pacific Co-ordinator Jessica Truong का साथै Curtin University का प्रोफेसर Piyush Sharma को विशेष प्रस्तुति थियो ।

Logo