काठमाडौं । शेयर बजार परिसूचक (नेप्से) साताको दस्रो दिन सोमबार उकालो लागेको छ । नेप्से परिसूचक ६.१६ अंकले बढेर १२२०.५२ बिन्दुमा पुगेको हो । "/>

साताको दोस्रो दिन शेयर बजार उकालो, ३७ करोडको कारोबार

साताको दोस्रो दिन शेयर बजार उकालो, ३७ करोडको कारोबार

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । शेयर बजार परिसूचक (नेप्से) साताको दस्रो दिन सोमबार उकालो लागेको छ । नेप्से परिसूचक ६.१६ अंकले बढेर १२२०.५२ बिन्दुमा पुगेको हो । नेप्से बढ्दा ३७ करोड १६ लाखको कारोबार भएको छ । आज १ सय ६३ कम्पनीका १४ लाख ५१ हजार ५७२ कित्ता शेयर किनबेच भएका छन् ।

बैंकिङ समूह ७.६१, होटल समूह ४८.४३, विकास बैंक समूह ११.८७, जलविद्युत समूह १, फाईनान्स समूह १.९२, निर्जिवन समूह ३०.५, उत्पादनमुलक समूह १३.५६ र माईत्रोफाईनान्स समूह ९.०२ अंकले बढेको छ ।

अन्य समूह ३.९५ र जीवन बिमा समूह भने ४.७१ अंकले घटेको छ । आज सबैभन्दा धेरै माछापुच्छ्रे बैंक कम्पनीले ९ करोड ६९ लाख रुपैयाँको शेयर किनबेच गरेको छ । नदिप लद्युवित्त वित्तिय कम्पनीका लगानीकर्ताहरुले ९.९६ प्रतिशत फाईदा कमाएका छन् भने मञ्जुश्री फाईनान्स कम्पनीले ३.० प्रतिशतले गुमाएका छन् ।

Logo