काठमाडौं । उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्री मातृका यादव पत्रकारमाथि आक्रामक रुपमा प्रस्तुत भएका छन् । बजार अनुगमनबारे मिडिया र पत्रकारहरुको समाचार सम्प्रेषण शैलीप्रति आक्रामक रुपमा प्रस्तुत भएका हुन् । "/>

चिनीको अभाव भन्ने पत्रकारलाई मन्त्रीको जवाफ, ‘आउनुहोस म तपाईलाई बोराका बोरा दिन्छु’

चिनीको अभाव भन्ने पत्रकारलाई मन्त्रीको जवाफ, ‘आउनुहोस म तपाईलाई बोराका बोरा दिन्छु’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्री मातृका यादव पत्रकारमाथि आक्रामक रुपमा प्रस्तुत भएका छन् । बजार अनुगमनबारे मिडिया र पत्रकारहरुको समाचार सम्प्रेषण शैलीप्रति आक्रामक रुपमा प्रस्तुत भएका हुन् ।

मन्त्री यादवले अहिले चिनीको अभाव भएको, बजार भाउ बढेको लगायत समाचार सम्प्रेशष भएको प्रति गम्भीर आपत्ति जनाएका हुन् । चिनीको भाउ नबढेको र अनुगमन पनि व्यवस्थित रूपमा भएको दावी गर्दै यादवले पत्रकारहरु नै पूर्वाग्रही बनेको बताए ।

‘बजारमा चिनीको कुनै अभाव छैन । र बजार भाउ पनि बढेको छैन्,’ मन्त्री यादवले भने, ‘चिनीको अभाव छ भनेर समाचार लेख्नेलाई कति चाहियो ? चिनीको बोरा नै जीउमा हालेर पठाईदिन्छौँ । त्यसैले अनर्गल प्रचार गर्नुहुँदैन । यस्तो अनर्गल प्रचारले देश कहिल्यै बन्दैन ।’

रिपोर्टर्स क्लवले आयोजना गरेको एक कार्यक्रममा बोल्दै यादवले यस्तो बताएका हुन् । यादवले बजारमा कुनै मुल्यवृद्धि नभएको भन्दै ढुक्क हुन सबैलाई आग्रह गरे । उनले भने, ‘हामी अहिले अनुगमन गरिरहेका छौँ । बजार अनुगमन गरिएन भनेर भनिएको छ । भोलि गृह, अर्थ, सामान्य प्रशासन र हाम्रो मन्त्रालयबीच आपसी छलफल छ । हामी एउटा बलियो संयन्त्र बनाएर काठमाडौंमा मात्रै होइन, पूरै देशमा बजार अनुगमन गर्छौँ ।’

यस्तै यादव चिनी आयात बढाउन एक अर्ब ६९ करोडको चलखेल भएको आरोप निराधार भन्दै पत्रकारको भुमिकाप्रति आक्रोशित बने । उनले भनेका छन्, ‘यत्रो पैसा चलखेल गर्न अहिलेको जमानामा त्यति सजिलो छ र ? ट्रकबिना त्यत्रो पैसा चल्दैन । जीपमा बोकेर हुँदैन । एउटा ट्रकले मात्रै पनि हुँदैन । त्यत्रो ट्रक बोक्न दुई वटा ट्रक चाहिन्छ । अर्बौँको कारोबार हुँदा बैंकमा थाहा हुन्छ नी । यसमा निस्पक्ष छानबिन हुनुपर्यो भनेर सभामुखलाई मैले पत्र पनि लेखेको छु ।’

 

Logo