काठमाडौं । शेयर बजार परिसूचक (नेप्से) साताको पहिलो दिन आइतबार पनि ओरालो लागेको छ । नेप्से परिसूचक १३.०१ अंकले घटेर १२१४.३६ बिन्दुमा झरेको हो । "/>

साताको पहिलो दिन शेयर बजारमा दोहोरो अंकले गिरावट

साताको पहिलो दिन शेयर बजारमा दोहोरो अंकले गिरावट

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । शेयर बजार परिसूचक (नेप्से) साताको पहिलो दिन आइतबार पनि ओरालो लागेको छ । नेप्से परिसूचक १३.०१ अंकले घटेर १२१४.३६ बिन्दुमा झरेको हो । नेप्से घट्दा ४० करोड ७५ लाखको कारोबार भएको छ । आज १ सय ६० कम्पनीका १३ लाख ३७ हजार ५२६ कित्ता शेयर किनबेच भएका छन् ।

बैंकिङ समूह १३.५२, होटल समूह ३७.२२, विकास बैंक समूह २१.२२, जलविद्युत समूह २.८३, फाईनान्स समूह ५.८८, निर्जिवन समूह १०२.२५, माईत्रोफाईनान्स समूह १८.८६ र जीवन बिमा समूह ५४.२९ अंकले घटेर ओरालो लागेको छ ।

उत्पादनमुलक समूह २.५९ र अन्य समूह ०.९२ अंकले बढेको छ । आज सबैभन्दा धेरै नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले २ करोड ६ लाख रुपैयाँको शेयर किनबेच गरेको छ । नदिप लद्युवित्त वित्तिय कम्पनीका लगानीकर्ताहरुले ९.९८ प्रतिशत फाईदा कमाएका छन् भने लक्ष्मी लद्युवित्तिय संस्था कम्पनीले ९.९३ प्रतिशतले गुमाएका छन् ।

Logo