काठमाडौं

निर्यातको तुलनामा आयात हुने वस्तुको परिणाम उच्च हूँदा नेपालको वैदेशीक व्यापारको अवस्थामा सन्तुलन कायम हुन सकेको छैन । "/>

चालु आर्थिकवर्षका दुई महिनामा सवा दुई खर्ब व्यापार घाटा

चालु आर्थिकवर्षका दुई महिनामा सवा दुई खर्ब व्यापार घाटा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

निर्यातको तुलनामा आयात हुने वस्तुको परिणाम उच्च हूँदा नेपालको वैदेशीक व्यापारको अवस्थामा सन्तुलन कायम हुन सकेको छैन । चालु आर्थिकवर्षको पहिलो दुई महिना अवधिमा व्यापार घाटा सवा दुई खर्ब रुपियाँ नाँघेको छ ।

भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिना अवधिमा २ खर्ब ४७ अर्ब ४ करोड ५६ लाख रुपैयाँ बराबरको कुल वैदेशिक व्यापार गर्दा मुलुकले २ खर्ब १७ अर्ब ६४ करोड ७५ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ । गत आर्थिक वर्ष २०७४/७५ को सोही अवधिमा १ खर्व ७६ अर्ब ५५ करोड ५३ लाख रुपैयाँ बराबरको कुल वैदेशीक व्यापारमा मुलुकले १ खर्ब ४९ अर्ब ३४ करोड २९ लाख रुपैयाँ व्यापार घाटा व्यहोरेको थियो ।

गत आर्थिक वर्षको पहिलो दुई महिना अवधिको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा कुल वैदेशीक व्यापार ३९ दशमलव ९३ प्रतिशतले बढेको छ भने व्यापार घाटा ४५ दशमलव ७४ प्रतिशतले बढेको छ ।

दुई महिना अवधिमा कुल २ खर्ब ३२ अर्ब ३४ करोड ६६ लाख रुपैयाँ बराबरको आयात हुँदा १७ अर्ब ६९ करोड ९० लाख रुपैयाँ बराबरको मात्र निर्यात भएको छ । गत आर्थिक वर्ष सोही अवधिमा १ खर्ब ६२ अर्ब ९४ करोड ९१ लाख रुपैयाँ बराबरको आयात र १३ अर्ब ६० करोड ६२ लाख ३८ हजार रुपैयाँ बराबरको निर्यात भएको थियो । गत आर्थिक वर्षको भन्दा चालु आर्थिक वर्षमा आयात ४२ दशलमव ५९ प्रतिशतले बढेको छ भने निर्यात ८ दशमलव ३ पतिशतले मात्र बढेको छ ।

विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको भदौ मसान्तसम्ममा कुल वैदेशीक व्यापारमा ९४ दशमलव १ प्रतिशत आयात र ५ दशमलव ९ प्रतिशत मात्र निर्यातको योगदान रहेको छ । उक्त अनुपात गत आर्थिक वर्षमा ९२ दशमलव ३ प्रतिशत आयात र ७ दशमलव ७ प्रतिशत रहेको थियो भने, आर्थिक वर्ष २०७३/७४ मा क्रमशः ९१ दशमलव ९ र ८ दशमलव १ प्रतिशत रहेको थियो ।
नेपाल समाचारपत्रबाट

Logo