काठमाडौं

विगतमा जस्तै नेपाल राष्ट्र बैंकले आगामी दसैंलाई लक्ष्य गरी आजबाट नयाँ नोट साट्ने व्यवस्था मिलाएको छ । "/>

दशैंका लागि नयाँ नोट आज देखि पाइने

दशैंका लागि नयाँ नोट आज देखि पाइने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

विगतमा जस्तै नेपाल राष्ट्र बैंकले आगामी दसैंलाई लक्ष्य गरी आजबाट नयाँ नोट साट्ने व्यवस्था मिलाएको छ । सर्वसाधारणलाई नयाँ नोट साट्न सहज होस् भन्ने उद्देश्यले नेपाल राष्ट्र बैंकका कार्यालयहरु तथा सरकारी स्वामित्वका नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकका शाखा कार्यालयबाट समेत नयाँ नोट साट्ने व्यवस्था मिलाएको हो ।

मुद्रा व्यवस्थापन विभागका प्रमुख एवं कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले पोहोर साल जस्तै यस वर्ष पनि नोट सटहीको व्यवस्था गरिएको जानकारी दिए । राष्ट्र बैंकले विगतमा जस्तै उपत्यका भित्र र बाहिर नयाँ नोट साट्ने व्यवस्था मिलाएको छ । पोहोर झैं यस वर्ष पनि केन्द्रीय बैंकले ५, १०, २०, ५० र १०० दरका नयाँ नोट प्रतिव्यक्ति अधिकतम २७ हजार रुपैयाँसम्म साट्ने व्यवस्था मिलाएको हो ।

त्यसैगरी नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंकका २१ शाखा कार्यालयबाट समेत नयाँ नोट वितरण गर्ने व्यवस्था मिलाइएको छ । सर्वसाधारणले सहज रुपमा नयाँ नोट साट्न सकून् भनेर राष्ट्र बैंकको थापाथली बाहेक अन्य तीनवटा बैंकका शाखाबाट पनि साट्न पाउने व्यवस्था मिलाएको निरौलाले बताए । भीड कम होस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको उनको भनाइ छ ।
नागरिकबाट

 

Logo