सुजुकी मेघा क्याम्प: एक्सचेन्ज अफरदेखि जापान भ्रमणसम्मको उपहार

सुजुकी मेघा क्याम्प: एक्सचेन्ज अफरदेखि जापान भ्रमणसम्मको उपहार

केन्द्रबिन्दु
0
Shares

बिजया दशमी तथा दीपावलीलाई मध्येनजर गर्दै जाप्निज ब्रान्ड सुजुकीका बाइक तथा स्कूटरहरुको मेघा एक्सचेन्ज क्याप संचालन हुने भएको छ । नेपालका लागि आधिकारिक बिक्रेता भि जि अटोमोबाइल्स प्रालिले नेपालभरिका ३४ वटा सुजुकीका शोरुममा असोज २१ गतेदेखि २७ गतेसम्म मेघा एक्सचेन्ज क्याप संचालन गर्न लागेको हो ।

यो क्यापमा कुनै पनि कम्पनीका पुराना बाइक तथा स्कूटरसंग नया सुजुकीका बाइक तथा स्कूटर सजिलै एक्सचेन्ज गर्न सकिने र कुनै पनि पुराना बाइक तथ स्कूटरको बजार प्रचलित भ्यालुएसन भन्दा थप १५ हजार रुपैया बढी भ्यालूएसन कम्पनीले प्रदान गर्नेछ ।

सुजुकीका मार्केटिंग म्यानेजर नबराज कोइरालाले बजार प्रचलित मूल्य भन्दा थप १५ हजार रुपैया बढी भ्यालुएसन् गरिएको जानकारी दिए । सुजुकी  मेघा एक्सचेन्ज क्याम्प अवधि भरी एक्सचेन्ज, फाइनान्स र क्यासमा बाइक तथा स्कूटर खरीद गर्न सकिनेछ  । भि जि सुजुकीका सेल्स हेड सन्तोष थापाले यो अवधिमा एक हजार वटा पुराना बाइक तथा स्कूटर एक्सचेन्ज गरिने लक्ष्य लिइएको बताए ।

कम्पनीले क्याम्पमा नयाँ बाइक खरिद गर्दा ८ हजार रुपैया र स्कुटर खरिद गर्दा १० हजार रुपैया छुट दिने जनाएको छ  । यसका साथै १० जना ग्राहकलाई बम्पर उपहारस्वरूप जापान जापान भ्रमण गराउने जनाएको छ ।

Logo