नेपाल राष्ट्रबैंकका गभर्नर डा.चिरञ्जीवी नेपालले बैंक तथा वित्तिय संस्थाहरुलाई अनुत्पादक क्षेत्रमा लगानी नगर्न निर्देशन दिएका छन् । "/>

अब ढुक्क हुनुहोस्, घर जग्गाको भाउ बढ्दैन !(भिडियोसहित)

अब ढुक्क हुनुहोस्, घर जग्गाको भाउ बढ्दैन !(भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

नेपाल राष्ट्रबैंकका गभर्नर डा.चिरञ्जीवी नेपालले बैंक तथा वित्तिय संस्थाहरुलाई अनुत्पादक क्षेत्रमा लगानी नगर्न निर्देशन दिएका छन् । मुलुकको आर्थिक विकासका लागि अनुत्पादक क्षेत्रमा लगानी गर्नाले भएको घाटाका विषयमाचर्चा गर्दै उनले बैँक तथा वित्तिय संस्थाहरुलाई अनावस्यक क्षेत्रमा लगानी नगर्न सुझाव दिएका हुन् ।

यो भन्दा अगाडि लगानी गरेका क्षेत्रबाट देशको आर्थिक विकासमा सहयोग नपुगेको बताउँदै उनले सोचेर र हेरेर उत्पादन मूलक क्षेत्रमा मात्र लगानी गर्न सम्पुर्ण बैँक तथा वित्तिय संस्थाहरुलाई आग्रह गरेका हुन् । गभर्नर नेपालले मुलुकको दिगो आर्थिक विकासका लागि पनि बैंक तथा वित्तिय संस्थाहरुलाई अनुत्पादक क्षेत्रमा लगानी गर्न नदिन कडा निगरानी राख्ने चेतावनी दिएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले बैंक तथा वित्तिय संस्थाहरुलाई दूर्गम क्षेत्रमा पुगेर आयमूलक काममा लगानी गर्न पनि सचेत गराएका छन् ।

 

Logo