नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर

नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर

केन्द्रबिन्दु
0
Shares

नेपाल राष्ट्र बैंकले शुक्रबारलाई तोकेको विदेशी विनीमयदरअनुसार नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर देखिएको छ ।

अमेरिकी एक डलरको खरिददर ११७ रुपैयाँ ४३ पैसा र बिक्रीदर ११८ रुपैयाँ शुन्य ३ पैसा रहेको छ । पछिल्लो दुई महिनाको अवधिमा डलरको मूल्य नेपाली रुपैयाँसँगको तुलनामा करिब १० रुपैयाँले बढेको छ ।

डलरको मूल्यको बढ्दा नेपालबाट निर्यात हुने सामाग्री, नेपालमा आउने विप्रेषण तथा पर्यटन क्षेत्रमा सकरात्मक असर पार्छ। अमेरिकी मुद्राको माग बढदै गएपछि संसारका धेरै राष्ट्रको तुलनामा डलर महंगो बन्दै गएको हो ।

Logo