काठमाडौं

चिनीको प्रतिकेजी मूल्य ६३ रुपैँया कायम गर्न संघीय संसदको सार्वजनिक लेखा समितिले सरकारलाई निर्देशन दिएको छ । "/>

चिनीको खुद्रा मुल्य प्रतिकेजी ६३ रुपैँया कायम गर्न निर्देशन

चिनीको खुद्रा मुल्य प्रतिकेजी ६३ रुपैँया कायम गर्न निर्देशन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

चिनीको प्रतिकेजी मूल्य ६३ रुपैँया कायम गर्न संघीय संसदको सार्वजनिक लेखा समितिले सरकारलाई निर्देशन दिएको छ ।

बिहिबार सिंहदरबारमा बसेको समितिको बैठकले चिनीको खुद्रा बिक्री मूल्य प्रतिकेजी ६३ रुपैयाँ कायम राख्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो । चिनीको बजार मूल्य प्रतिकेजी ६३ रुपैयाँ भन्दा बढी नहुने गरी व्यवसायी र सरकारबीच भएको सहमती कार्यान्वयन गर्न संसदको सार्वजनिक लेखा समितिले मन्त्रालयलाई निर्देशन हो ।

चिनी उद्योगी र सरकार बिच गत ३१ भदौ मा चिनीको उद्योग मूल्य ५३ रुपैयाँ र उपभोक्ता मूल्य ६३ रुपैयाँ कायम गर्ने सहमति भएको थियो । उद्योगीहरुले नेपाली चिनी उद्योगलाई सहयोग गर्न भन्दै चिनी आयातमा परिमाणात्मक बन्देज लगाउन सरकारलाई आग्रह गरेका थिए । सोहि आग्रहमा सरकारले गत ३१ भदौमा चालू आवमा एक लाख टन मात्र चिनी आयात गर्न दिने निर्णय गरेको थियो ।

साथै समितिले चाडपर्वका बेला चिनी लगायतका दैनिक उपभोग्य बस्तुको मूल्य बढाउने व्यापारीमाथि कडा कार्वाही गर्न पनि सरकारलाई सचेत गराइएको समितिका सभापति भरतकुमार शाहले बताए । बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रतिकेजी चिनीको मूल्य ७० रुपैयाँ तोक्ने निर्णय गरेको थियो । समितिले उखु किसानको बक्यौता रकम १५ दिन भित्र उपलब्ध गराउन पनि सरकारलाई सचेत समेत गराएको छ ।

समितिले चिनी लगायतका चाडपर्वका बेला अतिआवश्यकीय बस्तुको मूल्यवृद्धि नियन्त्रण गर्न पनि सरकारलाई ध्यानाकर्षण गराएको पनि समितिका सभापति शाहले जानकारी दिए । बैठकले चिनी लगायतका दैनिक उपभोग्य बस्तुको मूल्यवृद्धिका सम्बन्धमा छानबिन गरी समस्या समाधानका लागि सरकारलाई आवश्यक निर्देशन दिन उपसमिति गठन समेत गरेको छ । सरकारलाई मूल्यवृद्धिका सन्दर्भका आवश्यक निर्देशन दिने गरी प्रतिवेदन तयार पार्न उपसमिति गठन गरेको छ ।
राजधानीबाट

Logo