काठमाडौं । शेयर बजार परिसूचक (नेप्से) साताको अन्तिम दिन विहीबार ओरालो लागेको छ । नेप्से परिसूचक बिहीबार ३.२३ अंकले घटेर १२२७.३७ बिन्दुमा झरेको हो । "/>

साताको अन्तिम दिन शेयर बजार ओरालो, ४२ करोडको कारोबार

साताको अन्तिम दिन शेयर बजार ओरालो, ४२ करोडको कारोबार

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । शेयर बजार परिसूचक (नेप्से) साताको अन्तिम दिन विहीबार ओरालो लागेको छ । नेप्से परिसूचक बिहीबार ३.२३ अंकले घटेर १२२७.३७ बिन्दुमा झरेको हो । नेप्से घट्दा ४२ करोड ८६ लाखको कारोबार भएको छ ।

आज १ सय ६५ कम्पनीका १५ लाख ८२ हजार ५५८ कित्ता शेयर किनबेच भएका छन् । बैंकिङ समूह २.८६, होटल समूह २६.६९, विकास बैंक समूह ४.०८, जलविद्युत समूह १.०९, निर्जिवन समूह १४.३, उत्पादनमुलक समूह ६.२५, अन्य समूह ०.७८, माईक्रोफाईनान्स समूह ११.२ अंकले घढेर ओरालो लागेको छ ।

यस्तै व्यापारी समूह १.६९, फाईनान्स समूह १.३६ र जीवन बिमा समूह ०.५५ अंकले बढेको छ । आज सबैभन्दा धेरै एनएमबी बैंक कम्पनीले ३ करोड १९ लाख रुपैयाँको शेयर किनबेच गरेको छ ।

नदिप लद्युवित्त वित्तिय कम्पनीका लगानीकर्ताहरुले १० प्रतिशत फाईदा कमाएका छन् भने मल्टिपर्पोज फाईनान्स कम्पनीका लगानीकर्ताहरुले ९.३४ प्रतिशतले गुमाएका छन् ।

Logo