काठमाडौं । निम्बस कम्पनीले उत्पादन गर्ने सबै खाने तेललाई अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह आइएसओ प्रमाणपत्र प्राप्त गरेको छ । "/>

निम्बसका सवै खाने तेललाई आइएसओ चिन्ह

निम्बसका सवै खाने तेललाई आइएसओ चिन्ह

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । निम्बस कम्पनीले उत्पादन गर्ने सबै खाने तेललाई अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह आइएसओ प्रमाणपत्र प्राप्त गरेको छ । पशु दाना उद्योगमा अग्रणी कम्पनी ‘निम्बस’ खाने तेल पनि उत्पादन गर्दै आएको थियो । निम्बसले अन्तर्राष्ट्रिय गुणस्तर संगठनबाट आइएसओ (ISO) 22000:2005 (HACCP)  खाद्य सुरक्षाको मापक प्रमाण पत्र प्राप्त गरेको हो ।

अब दैनिक उपभोग्य खाद्य सामाग्रीको उत्पादन र त्यसको बजार प्रबद्र्धन विक्रि वितरणमा पनि अग्रसर हुने भएको छ । त्यसका लागि निम्बसले आफ्ना उत्पादनलाई १ सय वटा डिस्ट्रिब्युटर मार्फत ४० जिल्लामा पुर्‍याएको छ ।

HACCP प्रमाणपत्र प्राप्त उद्योगबाट उत्पादित उत्पादन खाद्य सुरक्षा र सुरक्षित उत्पादन प्रकृया अपनाएर गरिएको हुनाले उपभोक्ताको स्वास्थ्यको लागि सुरक्षित मानिन्छ । यस अघि निम्बसकै व्यञ्जन तेलले नेपाल गुणस्तर प्रमाण प्रत्र पनि प्राप्त गरेको थियो ।

हाल कम्पनीले व्यन्जन र सुनौलो किरण ब्रान्डमा गुणस्तरिय खाने तेल उत्पादन गर्दै आएको छ । जस अन्तर्गत सुर्यमुखी, तोरी, भटमास तेल उत्पादन हुन्छन् । यस्तै प्रोबायोटेकले नै भटमासको मस्यौरा, आटा, सुजी, दाल, मैदा आदी उत्पादन पनि चाडै नै बजारमा ल्याउने तयारी गरिरहेको छ ।

उत्पादित बस्तु नेपालमा मात्र नभई भारत लगायत अन्य देशहरुमा पनि निर्यात गर्ने कम्पनीको लक्ष्य रहेको छ । स्वीडिस प्रबिधिको रिफाइनरीमा आधारित नेपालकै उत्कृष्ट औद्योगिक कारखाना स्थापना गरेको कम्पनीले गुणस्तरको सवालमा उपभोक्तालाई विश्वस्त तुल्याउने थुप्रै प्रामाणिक आधार तय गरेको छ । जसका कारण उपभोक्ताले विश्वस्त भएर निम्बसका खाने तेलहरु उपभोग गर्न सक्नु हुनेछ ।

उत्पादित खाद्य सामाग्रीको गुणस्तर मापनका लागि निम्बसको आफ्नै प्रयोगशाला संचालनमा छ । यसका अतिरिक्त कम्पनीले नेपाल सरकार खाद्य प्रयोगशालाका साथै विदेशी खाद्य प्रयोगशालामा समेत गुणस्तर परीक्षण गराउदै आएको छ ।

कम्पनीमा योग्य खाद्य विज्ञहरु कार्यरत रहेकाले गुणस्तरको सवालमा उपभोक्ताले सामान्य चिन्ता पनि लिनु पर्दैन । खाद्य विज्ञहरुको उत्कृष्ट टिम नै गुणस्तरीय खाद्य सामाग्रीका उत्पादनका लागि सक्रिय छन् ।

Logo