काठमाडौं । काठमाडौं-तराई मधेस द्रुतमार्ग (फास्ट ट्रयाकं को विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणको जिम्मा दक्षिण कोरियाली कम्पनीले पाएको छ । "/>

फास्ट ट्र्याकको डीपीआर तयार पार्ने जिम्मा कोरियाली कम्पनीलाई

फास्ट ट्र्याकको डीपीआर तयार पार्ने जिम्मा कोरियाली कम्पनीलाई

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । काठमाडौं-तराई मधेस द्रुतमार्ग (फास्ट ट्रयाकं को विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणको जिम्मा दक्षिण कोरियाली कम्पनीले पाएको छ ।

नेपाली सेनाले कोरियाको सुसोङ इन्जिनियरिङलाई डीपीआर निर्माणको जिम्मा दिएको हो । आयोजना प्रमुख एवं उपरथी योगेन्द्रबहादुर खाँण र कम्पनीका अध्यक्ष किहायन हवाङले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

नेपाली सेनाकाअनुसार डीपीआरको लागत १० करोड १२ लाख ७८ हजार ९३२ छ भने सुसोङ इन्जिनियरिङले कात्तिक ४ गतेबाट १०५ दिन डीपीआर तयार पार्नेछ ।

यसअघि भारतीय कम्पनी आइएल एण्ड एफएसले डीपीआर तयार गरेको थियो । तर, नेपाली सेनाले खरिद गर्न खोज्दा मूल्यका विषयमा सहमति नभएपछि अर्को परामर्शदाता छनोट भएको हो ।

 

Logo