काठमाडौँ

नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मासिक घाटा बढेर एक अर्ब २९ करोड पुग्ने तथ्य सार्वजनिक गरेको छ । "/>

आयल निगमको घाटा एक अर्ब २९ करोड

आयल निगमको घाटा एक अर्ब २९ करोड

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मासिक घाटा बढेर एक अर्ब २९ करोड पुग्ने तथ्य सार्वजनिक गरेको छ । निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिका कारण निगमको मासिक घाटा बढेको हो ।

भारतीय आयल कर्पोरेशनले सोमबार पठाएको पछिल्लो मूल्यसूचीका आधारमा पछिल्लो १५ दिनमा मात्रै ६४ करोड ५७ लाख घाटा भएको छ ।

उहाँका अनुसार पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ ४५ पैसा, डिजेलमा चार रुपैयाँ ४३ पैसा, खाना पकाउने एलपिजी ग्यासमा प्रतिसिलिण्डर ४०४ रुपैयाँ ७३ पैसा घाटा रहेको छ । नेपाल–भारत सीमा क्षेत्रमा नेपालतर्फ पेट्रोल प्रतिलिटर ३१ रुपैयाँ ७५ पैसा र डिजेल ३० रुपैयाँ १६ पैसा सस्तो रहेको छ ।
रासस

Logo