काठमाडौं । सरकारी कर्मचारीलाई दसैंमा भत्ता वितरण गर्न करिब साढे ६ अर्ब रुपैयाँ निकासा हुने भएको छ। दसैं भत्ताका लागि सरकारी कर्मचारीले नियमित तलब बराबरको एक महिनाको थप तलब पाउनेछन्। "/>

दसैंका लागि कर्मचारीलाई मात्र साढे ६ अर्बको भत्ता

दसैंका लागि कर्मचारीलाई मात्र साढे ६ अर्बको भत्ता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सरकारी कर्मचारीलाई दसैंमा भत्ता वितरण गर्न करिब साढे ६ अर्ब रुपैयाँ निकासा हुने भएको छ। दसैं भत्ताका लागि सरकारी कर्मचारीले नियमित तलब बराबरको एक महिनाको थप तलब पाउनेछन्। निकासा हुने यो रकम घटस्थापना अगाडि वितरण गरिने महालेखा नियन्त्रकको कार्यालयका प्रवक्ता जगन्नाथ शर्माले जानकारी दिए ।

सार्वजनिक पद धारण गरेका निजामती, सरकारी, शिक्षक र सुरक्षा निकायका कर्मचारीका लागि चाडपर्व खर्च अन्तर्गत ६ अर्ब ४७ करोड रुपैयाँ निकासा गर्न लागिएको अर्थ मन्त्रालयले जनाएको छ ।

दसैंभत्ता र नियमित तलब गरी सरकारले कर्मचारीलाई दसैंमा करिब १३ अर्ब रुपैयाँ खर्च गर्नेछ। सरकारले आफ्ना कर्मचारीका लागि वार्षिक ८४ अर्ब १० करोड ५३ लाख रुपैयाँ खर्च छुट्टयाएको छ। यसरी सरकारले सरकारी कर्मचारीका लागि पारि श्रमिक तथा भत्तासहित कुल एक खर्ब १७ अर्ब ३३ करोड चार लाख रुपैयाँ बजेटमा विनियोजन गरिएको छ।

हाल विभिन्न क्षेत्र, तह र अवकाश प्राप्त गरी करिब पाँच लाख ५६ हजारलाई दसैं पेस्की जाने गरेको छ। तीमध्ये निजामती कर्मचारी ८६ हजार, सैनिक करिब ९० हजार, सशस्त्र प्रहरी ३५ हजार र नेपाल प्रहरी करिब ६५ हजारको संख्यामा छन्।

निजामती र सुरक्षाकर्मीबाहेक शिक्षक, करारका कर्मचारी र पेन्सनधारीलाई पनि सरकारले चाडबाड खर्च शीर्षकमा एक महिनाको अतिरिक्त रकम भुक्तानी दिन्छ। हाल शिक्षक करिब डेढ लाख छन् भने पेन्सनधारी करिब एक लाख छन् । त्यसबाहेक निजामती सेवाको करारमा करिब २२ हजार कर्मचारी छन्। स्थानीय तहतर्फ झण्डै आठ हजार कार्यरत छन्।

 

Logo