काठमाडौं

वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घट्दै गए पनि नेपालको रेमिट्यान्स आय भने उच्चदरमा बढेको छ । "/>

बिदेसिनेहरुको संख्या घटेपनि रेमिट्यान्स भने ३३ प्रतिशतले बढ्यो

बिदेसिनेहरुको संख्या घटेपनि रेमिट्यान्स भने ३३ प्रतिशतले बढ्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घट्दै गए पनि नेपालको रेमिट्यान्स आय भने उच्चदरमा बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पहिलो महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या ३३.३ प्रतिशतले घटेको छ । तर रेमिट्यान्स आय भने ३३ प्रतिशतले बढेको छ ।

राष्ट्र बैंकका अनुसार समीक्षा अवधिको साउनमा मात्रै नेपालमा ७३ अर्ब ९५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो रकम अघिल्लो आवको भन्दा ३३.१ प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोही महिनामा रेमिट्यान्स वृद्धिदर ७ प्रतिशत मात्रै रहेको थियो । खाडीमा रहेका नेपालीको पारिश्रमिक बढेको र डलरको भाउ पनि बढेका कारण रेमिट्यान्स आय उच्चदरमा बढेको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापा बताउँछन् ।

‘अहिले रेमिट्यान्स आय ३३ प्रतिशतले बढेको छ, जबकि अघिल्लो आवमा यस्तो आय वृद्धिदर ७ प्रतिशत मात्रै थियो,’ उनले भने, ‘डलर मूल्य बढ्नु, विश्व अर्थतन्त्रमा सुधार आउनु, औपचारिक माध्यमबाट विप्रेषण प्रवाह बढ्नु र खाडीमा रहेका नेपालीको ज्याला बढ्नुले रेमिट्यान्स आय उच्चदरले बढाएको हो ।’
नयाँ पत्रिकाबाट

Logo