काठमाडौं

चालू आर्थिक वर्षको दुई महिनामा दुई प्रतिशत मात्रै पूँजीगत खर्च भएको पाइएको छ । "/>

चालु आर्थिकवर्षको २ महिनामा दुई प्रतिशत मात्र पूँजीगत खर्च

चालु आर्थिकवर्षको २ महिनामा दुई प्रतिशत मात्र पूँजीगत खर्च

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

चालू आर्थिक वर्षको दुई महिनामा दुई प्रतिशत मात्रै पूँजीगत खर्च भएको पाइएको छ । चालू आवको सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको द्वैमासिक समीक्षाको क्रममा भदौ मसान्तसम्म मात्रै दुई प्रतिशत पूँजीगत खर्च भएको पाइएको हो ।

शुक्रबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा युवराज खतिवडाको समुपस्थितिमा सबै मन्त्रालयका सचिवको संयुक्त बैठकका क्रममा उक्त तथ्य पेश गरिएको हो । सो अवधिमा चालू खर्च ९६ अर्ब २५ करोड भएको छ । आव २०७४/७५ मा त्यस्तो खर्च एक खर्ब १९ अर्ब १८ करोड रहेको थियो । त्यो भनेको कूल १५ प्रतिशत खर्च थियो भने चालु आवमा ११ प्रतिशत चालू खर्च भएको छ ।

चालू आवको दुई महिनामा पाँच अर्ब ८५ करोड पूँजीगत खर्च भएको छ । आव २०७४/७५ मा चार अर्ब २७ करोड खर्च भएको थियो । गत आवको सोही अवधिको तुलनामा चालू आवमा केही बढी पूँजीगत खर्च भएको छ ।

यस्तै वित्तीय व्यवस्थातर्फ चालू आवमा एक अर्ब १८ करोडको हिसाब देखिएको छ । आव २०७४/७५ मा त्यस्तो व्यवस्था ८२ करोड मात्रै भएको थियो । चालू आवमा आठ प्रतिशत खर्च भएको छ भने आव २०७४/७५ मा कूल खर्च दश प्रतिशत भएको थियो ।

अर्थमन्त्री डा खतिवडाले नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनमा सबै निकायले थप सक्रियता बढाउने, कार्य सम्पादनमा अन्तर मन्त्रालय समन्वयलाई अझ बढी प्रभावकारी बनाउने, अर्थ मन्त्रालयले अन्य मन्त्रालयबाट उठान भई आएका विषयमा सहयोग र सहजीकरणमा ध्यान दिने तथा तहगत सरकारबीचको सहकार्य र अन्तक्रिया थप सुदृढ बनाई कार्य सम्पादन गरेमा बजेटले राखेका उद्देश्य पूरा हुने बताउनुभयो ।

बैठकमा विभिन्न मन्त्रालयका सचिवले चालू आवको सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन कार्यायोजना अनुरुप आआफ्नो मन्त्रालयले भदौ मसान्तसम्म हासिल भएका परिमाणात्मक उपलब्धि, बजेट खर्चको अवस्था, बजेट कार्यान्वयनमा रहेका समस्या र आगामी रणनीतिका बारेमा जानकारी गराउनु भएको थियो ।
रासस

Logo