काठमाडौँ

चालू आर्थिक वर्षको पहिलो महिनामा मूल्यवृद्धि आकासिएको छ । जसमा सबैभन्दा बढी मूल्यवृद्धि खाद्यान्नमा भएको नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको आर्थिक अवस्थाले देखाएको छ । "/>

आर्थिक वर्षको शुरु देखि नै मूल्यवृद्धि उच्च : सबैभन्दा बढी पहाडमा

आर्थिक वर्षको शुरु देखि नै मूल्यवृद्धि उच्च : सबैभन्दा बढी पहाडमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

चालू आर्थिक वर्षको पहिलो महिनामा मूल्यवृद्धि आकासिएको छ । जसमा सबैभन्दा बढी मूल्यवृद्धि खाद्यान्नमा भएको नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको आर्थिक अवस्थाले देखाएको छ । राष्ट्र बैंकका अनुसार साउन महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४ दशमलव २ प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति २ दशमलव ३ प्रतिशत रहेको थियो । खाद्य तथा पेय पदार्थ समूहको मूल्यमा वृद्धि भएको कारण यस अवधिमा समग्र क्षेत्रमा मूल्यवृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार पहाडमा सबैभन्दा बढी मूल्यवृद्धि भएको छ । त्यहाँ ५ दशमलव ३ प्रतिशत मूल्यवृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा पहाडमा २ दशमलव २ प्रतिशत मूल्यवृद्धि भएको थियो ।

त्यसैगरी चालू आर्थिक वर्षको पहिलो महिनामा तराईमा ४ दशमलव १ प्रतिशत, काठमाडौं उपत्यकामा ३ दशमलव ५ प्रतिशत र हिमालमा २ दशमलव ७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति तराईमा २ दशमलव ८ प्रतिशत, काठमाडौं उपत्यकामा १ दशमलव ३ प्रतिशत र हिमालमा ५ दशमलव ६ प्रतिशत रहेको थियो ।

त्यस्तै नेपाल र भारतबीचको उपभोक्ता मुद्रास्फीति अन्तर नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४ दशमलव २ प्रतिशत र भारतको ३ दशमलव ७ प्रतिशत रहेको छ । फलस्वरूप यी दुई मुलुकबीचको उपभोक्ता मुद्रास्फीति अन्तर शून्य दशमलव ५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपालको मुद्रास्फीति २ दशमलव ३ प्रतिशत र भारतको ३ दशमलव ४ प्रतिशत रहेको थियो ।

राष्ट्र बैंकका अनुसार खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि २ दशमलव ९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त समूहको मुद्रास्फीति १ दशमलव शून्य प्रतिशतले ऋणात्मक थियो । अघिल्लो वर्षको तुलनामा मूलतः तरकारी, सुर्तीजन्य पदार्थ, खाद्यान्न तथा खाद्यजन्य पदार्थ लगायतका वस्तुको मूल्यमा भएको वृद्धिका कारण समग्र खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै पेट्रोलियम पदार्थ, धातुका आधारभूत वस्तु, कपडा, फर्निचर, आदि वस्तुहरूमा भएको मूल्यवृद्धिका कारण समग्र थोकको मूल्यवृद्धि भएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । राष्ट्र बैंकले गरेको आर्थिक वर्गीकरण अनुसार मध्यस्थ वस्तुहरू, उपभोग्य वस्तुहरू र पुँजीगत वस्तुहरूको मूल्यवृद्धि क्रमशः ८ दशमलव ३ प्रतिशत, ४ दशमलव ६ प्रतिशत र २ दशमलव २ प्रतिशत रहेको छ । त्यसैगरी निर्माण सामग्रीको १४ दशमलव ६ प्रतिशत रहेको छ ।
राजधानीबाट

Logo