काठमाडौं । ‘सयौँ सम्बन्धको कयौँ भावना’ भन्ने नयाँ विषयका साथ कोकाकोलाले नयाँ योजना ‘मन खोलौ कोकसँग’ सार्वजनिक गरेको छ । "/>

आफ्नो भावनाहरु कोकसँग साट्नुस (भिडियोसहित)

आफ्नो भावनाहरु कोकसँग साट्नुस (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । ‘सयौँ सम्बन्धको कयौँ भावना’ भन्ने नयाँ विषयका साथ कोकाकोलाले नयाँ योजना ‘मन खोलौ कोकसँग’ सार्वजनिक गरेको छ । यो योजनाको स्लोगनको मुख्य आसय भनेको हजारौं सम्बन्धहरुको अनगिन्ति भावनासँग कोक जोडिएको छ भन्ने हो ।

कोकले मुख्यत १६ विभिन्न मानवीय भावनाहरु माया, साथ, खुसी, रमाइलो, मित्रता, हौसला, श्रद्धा, मिलन, सहयोग, जमघट र हासो समेटेको छ । कोकको बोतलमा हुने लेबललाई यो दशैँको समयमा मानवीय भावनाहरुलाई पारिवारिक सम्बन्धको नियमिताको रुपमा अंकित गरिएको छ । यो प्याकहरुले आफ्ना प्रियजनहरुमा उत्साह तथा भावनाहरु आदान प्रदान गर्ने अवसर प्रदान गर्ने कम्पनीको विश्वास छ ।

कोकाकोलाले साथीभाई तथा परिवारलाई वर्षभरि र कुनै पनि उत्सवको समयमा विषेश रुपमा जोडिएर रहनका लागि महत्वपुर्ण भुमिक निर्वाह गर्दै आएको छ । केहि वर्ष अघि कोकले सार्वजनिक गरेको विश्वव्यापी क्याम्पेन ‘सेयर अ कोक’ ले मानिसहरुलाई आफ्ना प्रियजनहरुमा भावनात्मक सम्बन्ध बलियो बनाएको थियो ।

यो वर्ष एक कदम अगाडि बढेर कोकाकोलाले आफ्ना ग्राहकहरुलाई आफ्नो मनपरेको व्यक्तिसँग भावना बाड्न प्रोत्साहन गर्नेछ । मानविय भावनासँग केन्द्रित रहेर यसको ट्यागलाईन सयौं सम्बन्धका कयौँ भावना बनाइएको छ ।

यस क्याम्पेनको विषयमा कोकाकोलाका कन्ट्रि डाइरेक्टर अम्बुज सिंहले भने, ‘नेपाल भरिका कोकाकोलाका ग्राहकहरुलाई चाडपर्वको समयमा अझ बढी स्पेशल बनाउन कोकले विनम्र तरिकाले गतवर्ष मन खोलौ कोकसँग ल्याएको थियो । सम्बन्धहरुलाई विषेश प्राथमिकतामा राखी उत्सवको रपमा मनाउँछौ त्यसको लागि यो वर्ष ग्राहकहरुलाई कोक र आफ्ना भावनाहरु आफ्ना मनपरेकाहरुसँग बाढ्नको लागि अभिप्रेरित गर्नेछ ।’

कोकाकोलाको बोतलमा ग्राहकहरुले विषेश भावनाहरु जस्तो माया, साथ, मित्रता, मिलन, सहयोग, श्रद्धा आदि पाउनेछन् जुन आफ्नो परिवार र साथिहरुसँग भावनाहरु साटासाट गर्न सघाउँछ ।

Logo