काठमाडौं । के तपाई विदेशमा काम गरेर स्वदेश फर्किनुभएको छ । नेपालमा अब के गर्ने भन्ने सोचमा हुनुहुन्छ । यदि त्यस्तो हो भने अब तपाईलाई सस्तो ब्याजदरमा सरकारले ऋण दिने भएको छ । "/>

अब विदेशबाट फर्किएकाले १० लाखसम्म सस्तो ब्याजदरमा ऋण पाउने

अब विदेशबाट फर्किएकाले १० लाखसम्म सस्तो ब्याजदरमा ऋण पाउने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । के तपाई विदेशमा काम गरेर स्वदेश फर्किनुभएको छ । नेपालमा अब के गर्ने भन्ने सोचमा हुनुहुन्छ । यदि त्यस्तो हो भने अब तपाईलाई सस्तो ब्याजदरमा सरकारले ऋण दिने भएको छ ।

वैदेशिक रोजगारीमा गएर फर्किएका नेपाली नागरिकले नेपालमा व्यवसाय गर्नको लागि १० लाखसम्म सस्तो ब्याजदरमा ऋण पाउने भएका हुने । अर्थ मन्त्रालयले आज सार्वजनिक गरेको सहुलियतपुर्ण कर्जाका लागि एकिकृत ब्याज अनुदान कार्यविधिमा त्यस्ता नेपाली नागरिकलाई परियोजना धितोमा ऋण दिने व्यवस्था गरेको छ ।

कम्तिमा ६ महिना विदेशमा काम गरेर फर्किएको ३ वर्ष ननाघेका नेपाली नागरिकले सिकेको सीपअनुसारको व्यवसाय गर्न चाहेमा परियोजना धितोमा राखेर ऋण पाउने छन् ।
त्यसको लागि नेपाल राष्ट्र बैंकबाट अनुमित प्राप्त कुनै पनि बैंक तथा वित्तीय संस्थामा त्यस्तो ऋणको लागि आवेदन दिन सक्ने छन् ।

यसरी ऋण लिंदा भिसा, पासपोर्ट, फर्किएको देशको कागज, सिकेको सीप, अनुभवको प्रमापत्र र विदेशी नागरिक नभएको घेषणा गर्नुपर्ने छ । ऋणको ब्याजदर बैंकले तोकेको आधार ब्याजदरभन्दा २ प्रतिशत मात्र बढी हुनेछ । जसमा ५ प्रतिशत सरकारले तिरिदिने छ । यस्तो कर्जाको अवधि ५ वर्षको हुनेछ ।

Skip This
Skip This
Logo