काठमाडौं । के तपाई पढेर पनि बेरोजगार हुनुहुन्छ ? या त आर्थिक अवस्था कमजोर भएर केही गर्न सकिरहनुभएको छैन् । "/>

के तपाई शिक्षित बेरोजगार हो ? आजैदेखि प्रमाणपत्र धितो राखेर ऋण लिनुहोस

के तपाई शिक्षित बेरोजगार हो ? आजैदेखि प्रमाणपत्र धितो राखेर ऋण लिनुहोस

केन्द्रबिन्दु
0
Shares

कृष्णसिंह धामी

काठमाडौं । के तपाई पढेर पनि बेरोजगार हुनुहुन्छ ? या त आर्थिक अवस्था कमजोर भएर केही गर्न सकिरहनुभएको छैन् । यदि यस्तो हो भने अब तपाईका दुःखका दिन गए । अब केबल काम थाल्नुहोस् ।

सरकारले आजदेखि शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन पाइने व्यवस्था आज (आइतबार) देखि लागू गरेको छ । अर्थ मन्त्रालयले ऋणमा दिइने ब्याज अनुदानसम्बन्धी कार्यविधि ल्याएसँगै आजैदेखि उक्त कार्यक्रम लागू भएको हो ।

मन्त्रालयले आज सूचना प्रकाशित गरी राष्ट्र बैंकबाट अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थामा ऋणको लागि आवेदन दिनसक्ने जानकारी गराएको छ । मन्त्रालयले तयार पारेको कार्यविधिअनुसार शैक्षिक प्रमाणपत्र धितो राखेर दुई प्रकारको ऋण लिन पाइन्छ ।

१) पहिलो प्रकारको ऋणः
सरकारले दुई प्रकारको ऋण दिन्छ । पहिलो, शिक्षित यूवा स्वरोजगार कर्जा । यसमा शिक्षित यूवाले प्रमाणपत्र र व्यवसाय धितोमा राखेर ऋण लिनसक्ने छन् । कम्तिमा स्नातक पास गरेकाले ऋणका लागि आवेदन दिन सक्छन् । ऋण लिनेको उमेर ४० वर्षभन्दा कम हुनुपर्छ ।

त्यसको लागि के-के गर्नुपर्छ ?
शिक्षित यूवा स्वरोजगार ऋण लिनको लागि विदेशबाट शैक्षिक योग्यता हासिल गरेको भए नेपाली विश्वविद्यालयबाट समकक्षता गराउनु पर्ने हुन्छ । त्यस्तै ऋण लिनेले घरेलु तथा साना उद्योग कार्यलय, समिति, सीप विकास तालिम केन्द्र, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्लगायत संस्थामध्ये एकबाट कम्तिमा सात दिने उद्यम व्यवसाय गर्ने तालिम लिएको हुनु पर्नेछ । त्यसको प्रमाणपत्र पनि पेस गर्नुपर्छ ।

२) दोस्रो उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जाः
त्यस्तै दोस्रोमा उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा । यसाके लागि माध्यामिक वा सो सरह उत्तिर्ण भएका र २५ वर्ष नकटेका यूवाले यो कर्जा लिन सक्नेछन् । उच्च शिक्षा अध्ययनका लागि यस्तो कर्जा लिन पाउनेछन् ।

यस्तो कर्जा लिने विपन्न, सीमान्तकृत समुदाय वा लक्षित वर्गको विद्यार्थी हुनु पर्नेछ । उनीहरू कलेज अध्ययन गरिरहेको हुनुपर्नेछ । यसरी कर्जाको लागि योग्यहरूले बैंक तथा वित्तीय संस्थामा आवेदन दिनु पर्नेछ । आवेदन दिँदा ऋण फाराम, नागरिकता, शैक्षिक प्रमाणपत्रको सक्कल, सीप विकास तालिमको प्रमाणपत्र पनि पेश गर्नुपर्ने हुन्छ ।

सबै प्रक्रिया पुरा भएको २१ दिनमा ऋण:
तपाईले माथि उल्लेखित सबै प्रक्रिया पुरा गर्नुभयो भने मात्रै ऋण पाईन्छ । यो सबै प्रक्रिया पुरा भएमा बैंक तथा वित्तीय संस्थाले २१ दिनभित्र ऋण दिनेछन् । यदि दिन नमिल्ने अवस्था भए कारणसहित तपाईले बैंक तथा विक्तिय संस्थाले जानकारी गराउँनेछ ।

बैंक तथा विक्तिय संस्थालाई सरकारले ५ प्रतिशत ब्याज तिरिदिनेः
तपाईले पाउने शैक्षिक ऋण कर्जामा न्यूननत व्याजदर तोकिनेछ । बैंक तथा वित्तिय संस्थाले जति प्रतिशत ब्याजदर तोकेको हुन्छ त्यसमध्ये पाँच प्रतिशत सरकारले तिरिदिन्छ ।

जस्तैः यदि कुनै बैंकले १२ प्रतिशत ब्याजमा ऋण दिन्छ भने सरकारले पाँच प्रतिशत तिरिदिन्छ । तपाईले मात्र ७ प्रतिशत मात्रै तिर्नुपर्ने हुन्छ । शिक्षित युवा स्वरोजगार कर्जाको सीमा ७ लाख हुनेछ भने उच्च शिक्षा अध्ययन कर्जाको सीमा ५ लाख रुपैयाँ हुनेछ ।

ऋण नतिरे के हुन्छ ?
तपाईले लिएको ऋण तिर्न निश्चित समय तोकिएको हुन्छ । त्यो समयभित्र तिर्न नसकेमा वा नतिरेमा राज्यबाट प्राप्त हुने सबै प्रकारका सेवा सुविधा रोकिनेछ । त्यसको साथ साथै कर्जा सूचना केन्द्रको कालोसूचीमा राखिने, ऋणीको पासपोर्ट रोक्का गरिने, ऋणको नाममा रहेको चल अचल सम्पति बिक्रीमा बन्देज लगाईनेछ ।

त्यस्तै बैंकमा खाता रोक्का गरिने, सामाजिक सुरक्षा भत्ता लगायत अन्य नागरिक सुविधाबाट वञ्चित गरिनेछ । त्यसको लागि कर्जा दिएको बैंक तथा वित्तिय संस्थाले सरकारलाई यस्ता सेवा सुविधा रोक्का गर्न अनुरोध गर्नुपर्ने हुन्छ ।

Skip This
Skip This
Logo