काठमाडौं

नेपाल आयल निगमले दुई सय वटा ट्यांकर खरिद गर्ने भएको छ । ट्यांकरचालकले विभिन्न माग राखी पेट्रोलियम पदार्थ ढुवानी ठप्प पारेपछि निगम आफैँले ट्यांकर खरिद गर्न लागेको हो । "/>

आयल निगमले दुई सय वटा ट्यांकर आफैंले खरिद गर्ने

आयल निगमले दुई सय वटा ट्यांकर आफैंले खरिद गर्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

नेपाल आयल निगमले दुई सय वटा ट्यांकर खरिद गर्ने भएको छ । ट्यांकरचालकले विभिन्न माग राखी पेट्रोलियम पदार्थ ढुवानी ठप्प पारेपछि निगम आफैँले ट्यांकर खरिद गर्न लागेको हो । आयल निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले ट्यांकर खरिदपछि चालक समेत नियुक्त गर्ने तयारी भइरहेको जानकारी दिए ।

ट्यांकरचालकले विभिन्न माग राखी विगत तीन दिन देखि इन्धन ढुवानी ठप्प पारेपछि मुलुकभर पेट्रोलियम पदार्थको हाहाकार भएको छ । चालकहरूले निगमसँग वार्ता नै नगरी भूमिगत शैलीमा आन्दोलनको गतिविधि गरेको बताउँदै ट्यांकर नचलाउने चालकसँग चाबी खोसिने निगमका निर्देशक भट्टराईले बताए  ।

यता आयल निगमका निमित्त कार्यकारी निर्देशक भट्टराईले पेट्रोल तथा डिजेल छिट्टै सहज हुने बताए । निगमको डिपोमा पनि स्टक तेल रहेको र निगम आफैँले चालक परिचालन गरेकाले एक, दुई दिनमा अवस्था सामान्य हुने उनको भनाइ छ  । ‘हाम्रो डिपोमा पनि पर्याप्त तेल छ । तर चालक नभएर हामीले बजार भित्र्याउन पाएनौँ  । शनिबार पनि डिपो खुल्छ । हामी आवश्यक परे डबल आयात गरेर भए पनि अवस्था सहज बनाउनेछौँ,’ उनले भने । उपत्यकामा सामान्य अवस्थामा पाँच लाख लिटर पेट्रोल खपत हुन्छ ।

यता आन्दोलनरत ट्यांकरचालक र सरकारी बिच शुक्रबार सिंहदरबारमा सहमति भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा भएको छलफलमा सरकारले उनीहरूको माग सम्बोधन गर्ने र चालकले ट्यांकर चलाउने भएपछि सहमति भएको हो ।
नयाँ पत्रिकाबाट

Skip This
Skip This
Logo