वीरगन्ज

चालकहरुको हड्तालका कारण रोकिएको पेट्रोलियम पदार्थको ढुवानी शुक्रवार दिउँसो देखि सुचारु भएको छ । "/>

शुक्रबार साँझबाट पेट्रोलियम पदार्थको ढुवानी सूचारु

शुक्रबार साँझबाट पेट्रोलियम पदार्थको ढुवानी सूचारु

केन्द्रबिन्दु
0
Shares

वीरगन्ज

चालकहरुको हड्तालका कारण रोकिएको पेट्रोलियम पदार्थको ढुवानी शुक्रवार दिउँसो देखि सुचारु भएको छ । नेपाल आयल निगमको वीरगन्ज क्षेत्रीय कार्यालयले जनाए अनुसार चालकहरु काममा फर्किएपछि शुक्रवार दिउँसो २ बजे देखी रक्सौल स्थित इण्डियन आयल कर्पोरेशनको डिपोबाट पेट्रोलियम पदार्थको लोडिङ सुरु भएको छ ।

‘अलि ढिलो भएकोले साँझ सम्म ११ ट्यांकरमा इन्धन लोड भएको छ, शनिवार नियमित किसिमले लोडिङ गरेर ट्यांकरहरु आउने अनुमान गरेका छौं,’ निगमका वीरगन्ज क्षेत्रीय प्रबन्धक जगदीशचन्द्र यादवले भने, ‘अब आपुर्ती सहज हुने विश्वास गरेका छौं ।’

विहीवार साँझ ग्यासका ७ बुलेट भित्रिएको र शुक्रवार समेत बुलेटहरु भित्रिने क्षेत्रीय प्रबन्धक यादवले बताए । यस्तै आइसिपी भन्सार भएर भित्रिने बिहारको बरौनीबाट आउने इन्धन र खाना पकाउने एलपी ग्यासको आपुर्ती पनि सुचारु हुने उनले जानकारी दिए ।

ट्यांकर चालकहरुलाई काममा फर्कन निगमले विहान देखि दबाव दिएको थियो । कि काममा फर्किन कि ट्यांकरको चावी बुझाउन भनी निगमका अधिकारीहरुले दबाव दिएपछि चालकहरु काममा फर्किएका थिए । 

नागरिकबाट

 

 

Skip This
Skip This
Logo