काठमाडौं । काठमाडौं-तराई द्रुतमार्ग (फास्ट ट्रयाक) को विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) कोरियन कम्पनी सुसुङ्गले तयार गर्ने भएको छ । "/>

फास्ट ट्रयाकको डिपीआर तयार पार्ने जिम्मा कोरियाली कम्पनीलाई

फास्ट ट्रयाकको डिपीआर तयार पार्ने जिम्मा कोरियाली कम्पनीलाई

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । काठमाडौं-तराई द्रुतमार्ग (फास्ट ट्रयाक) को विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) कोरियन कम्पनी सुसुङ्गले तयार गर्ने भएको छ ।

आयोजनाको डिपीआर निर्माणका लागि आह्वान गरिएको इओआई मा आवेदन दिएका १७ कम्पनीमध्येबाट कोरियन सुसुङ्गलाई छनोट गरिएको आयोजना प्रमुख योगेन्द्रबहादुर खाँडले जानकारी दिए । अब उक्त कम्पनीसँग असोज ६ गते एक सम्झौता हुनेछ । उक्त कम्पनीले ४ महिनामा डिपिआर तयार पार्नेछ ।

बिहिबार जंगी अड्डामा पत्रकार सम्मेलन गरेर प्राविधिक उपरथी खाँडले कोरियन कम्पनी सुसुङ्गसँग १० करोड १५ लाखको लागतमा विस्तृत आयोजना प्रतिवेदन तयार गर्नेसम्बन्धी सम्झौता हुन लागेको बताए ।

फास्ट ट्रयाक निर्माणको जिम्मेवारी पाएको १३ महिनापछि सेनाले डिपिआर गर्ने कम्पनी छनौट गरेको हो। सेनाले आगामी ४ वर्षभित्र सडक निर्माण गरिसक्ने लक्ष्य लिएको छ ।

एशियाली विकास बैंकले सन् २००८ मा तयार गरेको सम्भाव्यता अध्ययन प्रतिवेदनलाई आधार मानेर सेनाले निर्माणसम्बन्धी आधारभूत र प्रारम्भिक कार्य गरिरहेको उपरथी खाँडले बताए ।

फास्ट ट्रयाकको डिजाइनमा सेनाले केही परिवर्तन गर्न लागेको छ। छोक्रेडाँडादेखि बाँदरे खोल्सीसम्मको करिब १२ किलोमिटर क्षेत्रमा तीन वटा सुरुङ निर्माण गर्ने गरी यसअघिको रेखाङ्कन परिवर्तन गर्नु उपयुक्त हुने सेनाको निष्कर्ष छ।

१ वर्षमा सेनाले निमार्ण कार्यमा सफलता हात पारेको उल्लेख गर्दै उपरथि खाँणले सडक निर्माणमा आवश्यक पर्ने ९० प्रतिशत जग्गा अधिग्रहण भइसकेको र २० हजारमध्ये १९ हजार रूख काटिसकिएको जानकारी दिए।

सडक निमार्णमा खटिने सेना बस्ने ८ ओटा क्याम्प निमार्ण गरिसकेको र २ ओटा निमार्णाधीन अवस्थामा रहेको बताए । ५४ किलोमिटर लामो सडकका विभिन्न ठाउँमा कटिङ र फिलिङको काम भईरहेको छ ।

 

Skip This
Skip This
Logo