काठमाडौं

सन् २०१८ को ८ महिना ( जनवरी–अगस्ट ) सम्म कुल ६ लाख ८० हजार ९ सय ९६ पर्यटक नेपाल भ्रमणमा आएका छन् । "/>

सन् २०१८ को हालसम्म प्रतिमहिना ८५ हजार पर्यटक नेपालमा

सन् २०१८ को हालसम्म प्रतिमहिना ८५ हजार पर्यटक नेपालमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

सन् २०१८ को ८ महिना ( जनवरी–अगस्ट ) सम्म कुल ६ लाख ८० हजार ९ सय ९६ पर्यटक नेपाल भ्रमणमा आएका छन् । सो अनुसार प्रतिमहिना ८५ हजार १२५ पर्यटक नेपाल भ्रमणका लागि आएको अध्यागमन विभागले जानकारी दिएको छ ।

सन् २०१७ को ८ महिनामा प्रतिमहिना ७२ हजार पर्यटक आएका थिए । उक्त वर्ष ८ महिना अवधिमा ५ लाख ७६ हजार ३२२ मात्र पर्यटक नेपाल भित्रिएका थिए । पर्यटक आगमनका दृष्टिकोणबाट सन् २०१७ ले इतिहासमै कीर्तिमान राखेको थियो । गत वर्ष कुल ९ लाख ४० हजार २ सय १८ जना पर्यटक नेपाल आएका थिए ।

यस वर्ष मुख्य पर्यटकीय मौसम बाँकी रहँदै झन्डै ७ लाख पर्यटक नेपाल आइसकेकाले पर्यटक संख्याका दृष्टिकोणबाट उत्साहजनक रहने अपेक्षा सरोकारवालाको छ  । अगस्ट २०१८ मा मात्र ८७ हजार ६७९ पर्यटक नेपाल आएका छन् । गत वर्ष यस महिनामा ७३ हजार ७७८ पर्यटक मात्र नेपाल भ्रमणमा भित्रिएका थिए । यस तथ्यांकमा भारतबाट जहाज चढेर आएका पर्यटकलाई मात्र गणना गरिन्छ  । अन्य मुलुकका पर्यटक भने स्थलबाट प्रवेश गरेको भए पनि गणना हुन्छ ।

नेपालमा पछिल्लो समय हिन्दू तथा बौद्ध धर्मावलम्बी धार्मिक पर्यटक बढी भित्रिएको पाइएको छ । अगस्ट महिनामा भारत र श्रीलंकाबाट बढी पर्यटक आएका छन्  । सामान्यतया पदयात्रा, पर्वतारोहण र जंगल सफारी समेत कम हुने यस महिनामा धार्मिक प्रयोजनका लागि बढी पर्यटक भित्रिएको तथ्यांक छ । सो महिनामा पर्यटक आगमनका दृष्टिकोणबाट चीन तेस्रो स्थानमा ओर्लिएको छ ।
नयाँ पत्रिकाबाट

Skip This
Skip This
Logo