काठमाडौं । दूरसञ्चार सेवा प्रदायक संस्था एनसेललाई अनाधिकृत रुपमा उपभोक्ता ठगीको आरोप लागेको छ । ‘रिचार्ज एण्ड वीन’ नाममा सम्बन्धित निकायको स्वीकृती नै नलिई उपभोक्ता ठगी गरिरहेको उजुरी नेपाल दूरसञ्चार प्राधिकरणमा परेको छ । "/>

उपभोक्ता ठग्दै एनसेल

उपभोक्ता ठग्दै एनसेल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक संस्था एनसेललाई अनाधिकृत रुपमा उपभोक्ता ठगीको आरोप लागेको छ । ‘रिचार्ज एण्ड वीन’ नाममा सम्बन्धित निकायको स्वीकृती नै नलिई उपभोक्ता ठगी गरिरहेको उजुरी नेपाल दूरसञ्चार प्राधिकरणमा परेको छ ।

प्राधिकरणले समेत स्वीकृती नलिई रिचार्ज एण्ड वीन अफर ल्याएको भन्दै एनसेललाई स्पष्टीकरण सोधेको छ । त्यस्तै रिचार्ज एण्ड वीनको प्रोमोशनका लागि प्रयोग गरिएको कोडसमेत पूर्व अनुमति र स्वीकृती नलिई प्रयोग गरिएको प्राधिरकणले जनाएको छ ।

एनसेलले एकसय रुपैयाँको रिचार्ज गरी एक लाख रुपैयाँ जित्नुहोस् भन्ने अफर सञ्चालन गरिरहेको छ । जति धेरै रिचार्ज त्यति धेरै जित्ने अवसर भन्ने सन्देशसमेत एनसेलले उपभोक्ताको मोबाइलमा पठाइरहेको छ ।

प्राधिकरणका प्रवक्ता मीन प्रसाद अर्याल स्वीकृती नलिई अवैध काम गरेकोले स्पष्टीकरण सोधिएको जानकारी दिए । उनले भने, ‘प्राधिकरणसँग स्वीकृती नलिई यस्तो काम गर्न पाइदैन ।’ एनसेलले पनि स्वीकृती लिएको छैन । यो काम गैरकानुनी हो ।

सामान्यतया ट्यारिफ–मोबाइल शुल्क सम्बन्धी कुनै पनि निर्णय गर्दा वा कार्यक्रम सञ्चालन गर्दा प्राधिकरणको स्वीकृती लिनुपर्छ । एनसेलले यसअघि पनि पटक–पटक अवैधानिक रुपमा यस्ता अफर ल्याएको भन्दै प्राधिरकणले पत्र काटिसकेको छ । एनसेलले पटक–पटक गैरकानुनी काम गर्दै आएको छ ।

उपभोक्तालाई थाहै नदिई र प्राधिकरणकोसमेत स्वीकृती नलिई यस्ता सन्देश पठाएर उपभोक्तालाई अल्मल्याउने र ठग्ने काम एनसेलले गरिरहेको उजुरी आइरहेको प्राधिकरणले जनाएको छ ।

Logo