काठमाडौं । १० वर्ष विदेशको अनुभव संगालेका चार युवाहरुले काठमाडौंमा आधुनिक तरिकाको रेष्टुरेन्ट सञ्चालनमा ल्याएका छन् । फुड हाइजिन, हस्पिटालिटी एण्ड बेभरेज सम्बन्धी सम्पुर्ण पक्षलाई ध्यानमा राखेर उनीहरुले काठमाडौंको सुन्धारास्थित भिन्टेज नामक रेष्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् । "/>

१० वर्ष विदेशमा काम गरेका युवाहरुले काठमाडौंमा खोले यस्तो रेष्टुरेन्ट

१० वर्ष विदेशमा काम गरेका युवाहरुले काठमाडौंमा खोले यस्तो रेष्टुरेन्ट

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । १० वर्ष विदेशको अनुभव संगालेका चार युवाहरुले काठमाडौंमा आधुनिक तरिकाको रेष्टुरेन्ट सञ्चालनमा ल्याएका छन् । फुड हाइजिन, हस्पिटालिटी एण्ड बेभरेज सम्बन्धी सम्पुर्ण पक्षलाई ध्यानमा राखेर उनीहरुले काठमाडौंको सुन्धारास्थित भिन्टेज नामक रेष्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् ।

वैदेशिक अध्ययन र रोजगारीबाट करिव १० वर्ष अनुभव लिएर फर्किएका गोरखाका आनन्द खनाल, पोखराका श्री गुरुङ, खोटाङका समीर राई र हेटौडाका गोपाल श्रेष्ठले संयुक्त रुपमा रेष्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् । रेष्टुरेन्टको बडादशैँ र तिहारको नजिक पारेर सोमवार उद्घाटन गरिएको छ ।

सुन्धारा, न्यूरोड, खिचापोखरी लगायत मुख्य व्यापारिक क्षेत्रलाई केन्द्रमा राखेर सबैले एफोर्ड गर्न सक्ने मुल्यमा गुणस्तरिय तथा सबै स्वादका परिकार पाईने हिसाबले रेष्टुरेन्ट सञ्चालनमा ल्याएको सञ्चालकहरु बताउँछन् ।

“बाहिर देशमा लामो अनुभव र सिप लिएर अब नेपालकै लागि केही गर्न सकुँ र नेपालीलाई त्यहाँको स्वाद र परिकारको खान खुवाउने उद्देश्यले यो क्षेत्रमा लगानी गरेका हौं” भिन्टेजका सञ्चालक राई बताउँछन् ।

रेस्टुराँले सुरक्षा, संगीत, वातावरण र फुड हाईजिनलगायतका पक्षमा जोड दिएको उनको भनाई छ । “१० वर्षभन्दा वढी विदेशी पाँचतारे होटलमा सेफसम्वन्धि अनुभव हासिल गरेका, त्यहाँका विश्वविद्यालयमा फुड एन्ड वेभरेजको ज्ञान लिएका छौं,” श्री गुरुङले भने, ग्राहकको सन्तुष्टिका लागि हरेक कोणबाट विश्लेषण गरेका छौं ।”

“रेष्टुरेन्टमा परम्परागत नेपाली खानाको साथै सबै प्रकारका विदेशी खाना पनि पाइने र बच्चाको खानाको लागि विशेष ध्यानमा राखेर छुटै परिकारको मेनु पनि तयार गरेका छौं,” अर्का सञ्चालनक आनन्द खनाल भन्छन्, “भिन्टेजले क्रमशः अन्य स्थानमा पनि शाखा विस्तार गर्नेछ ।”

यस्तै रेष्टुरेन्टको सञ्चालनले अन्य बेरोजगारलाई रोजगारको प्रवन्ध हुने र स्टाफलाई खान देखि लिएर बस्न पनि व्यवस्था गरिएको अर्का सञ्चालक गोपाल श्रेष्ठ बताउँछन् ।

के छ भिन्टेजमा विशेष ?


सबै रेष्टुरेन्टको आफ्ना आफ्नै केहि विशेष परिकार हुन्छ । यस्तै भिन्टेजमा विशेष परिकारमा बिग बल रामेन, सिज्लिङ चप, आलु भेराईटी, मोमो भेराईटी र सि फुड जस्ता खुल्ला किचनमा आफ्नो खाना आफै हेरेर खान मिल्ने सुविधा उपलब्ध छ ।

 

Logo